आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सन नेपाल लाइफ इन्स्योरेन्सले पायो ‘बीबीबी+’ रेटिङ

सोमबार, कार्तिक १७ २०८२

काठमाडौं(जस)–सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय सुदृढता र दायित्व पूरा गर्ने क्षमतामा उल्लेखनीय सुधार गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडबाट ‘बीबीबी+’ रेटिङ प्राप्त गरेको छ । यो रेटिङले कम्पनीको विश्वसनीयता, सुदृढ वित्तीय प्रदर्शन, अनुभवी व्यवस्थापन टिम , सशक्त प्रशासनिक प्रणाली र उच्च गुणस्तरको लगानी पोर्टफोलियोलाई झल्काउँछ ।
‘बीबीबी+’ श्रेणीमा पर्ने कम्पनीहरूलाई आफ्ना दायित्वहरू समयमा पूरा गर्न सक्षम र अपेक्षाकृत स्थिर वित्तीय स्थिति भएको मानिन्छ । कम्पनीले ग्राहक वर्ग, अभिकर्ता र शेयरधनीहरूको निरन्तर विश्वासका लागि आभार प्रकट गर्दै अझ सुदृढ र जिम्मेवार बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ । हाल कम्पनीको देश भरिमा १४८ शाखा तथा उप शाखाबाट सेवा संचालनमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार