काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
सोमबार एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो । भेटमा माओवादीका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् ।
माओवादी र एकीकृत समाजवादीसहित आठ दलबीच एकताको सहमति भएको भोलिपल्ट नेताहरू भेटेका हुन् । एकताको विषयमा छलफल भएको एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।