मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

कम्युनिस्ट हुनु भनेको सर्वहारावादमा दृढ हुनु हो

सोमबार, कार्तिक १७ २०८२

विनोद दाहाल 

प्रचण्ड र किरण सैद्धान्तिक रुपमै बिभाजित भएका हुन् । वालाजु प्लेनमदेखि सशङ्कित, खरिपाटी भेलादेखि फरक लाईन, पालुङटारदेखि फरक क्रान्तिकारि धार बनाएर व्यापक वहस गर्दैं जनमुक्तिसेनालाई मध्यरातमा प्रतिक्रियावादी सेनामार्फत आत्मसमर्पण गराएको दिनदेखि पूर्णतः सम्बन्धबिच्छेद गर्दै नेकपा (माओवादी बनाएको दल हो ।

माओवादी आन्दोलनको पुनर्गठन सैद्धान्तिक आधारमा भएको थियो । यो माओवादी र गैरमाओवादी छुट्याउने सैद्धान्तिक आधारसहित थियो । यही कारण माकेहरू ०७५ सालदेखि मार्गदर्शक सिद्धान्त मार्क्सवाद( लेनिनवाद अपनाउन पुगे ।  किरणको लाईन अलग हुँदा सैद्धान्तिक आधारमा नभएका तर्क मिल्दैमिल्दैन ।

कम्युनिस्ट हुनुछैन, क्रान्ति गर्नुछैन भने दलाल पुँजीवादी नेतृत्त्वको प्रतिक्रियावादी वर्गको राज्यमा सुधार गर्ने कार्यनीतिमै सिमित हुने हो । दलाल पुँजीवाद साम्राज्यवाद र विस्तारवादको नेपाली शोषक र उत्पिडक वर्ग हो । यसले यहाँका सामन्तवादी, नौकरशाही तथा एकाधिकारि पुँजीपति प्रतिक्रियावादी वर्गहरूको नेतृत्त्व गर्दछ । प्रतिक्रियावादी सत्तासँग संघर्ष गर्न सुधारवादमा सिमित भएको कम्युनिस्ट शक्तिहरूले कुनकुन वर्गको प्रतिनिधित्त्व गरिरहेका छन् र साथमा कुनकुन वर्गहरूको नेतृत्त्व गरेका छन् ?

सर्वहारावादी शक्तिले श्रमजीवी जनसमुदायलाई गोलबन्द गर्दै प्रतिक्रियावादी सत्तालाई काबुमा राख्नुपर्ने हुन्छ । यसको मतलव हुन्छ कम्युनिस्टले सत्ता कब्जा गरेर श्रमजीवी जनसमुदायको अधिनायकत्त्व लागू गरेर जनसमुदायलाई मुक्त गर्नु हुन्छ । संसदीय राजनीतिक घेरामा सिमित भएका कम्युनिस्टबाट यो सम्भावना हुँदैन । त्यसैले कम्युनिस्ट नाम नराखेर इमानदारिता देखाएको भए राम्रो हुन्छ । बामपंथीको इमानदारिता पनि कम्तिमा जनतालाई नढाट्ने र भ्रममा नराख्ने हुन्छ ।

जनता भनेको सारमा श्रमजिवी जनसमुदाय हुन् । वर्गीय समाजमा जनताको छुट्टै दल हुँदैन । जनताका शोषित उत्पिडित तप्कालाई सर्वहारा वर्गको दलले समेटेर क्रान्ति गर्ने सहयात्री बनाउने हो । जब दल नै सर्वहारा वर्गको छैन भने उक्त दलले ककसलाई समेटन सक्छ र ? सैद्धान्तिक रुपले गरिसकेको दलले न शोषित पिडित समेटनसक्छ नत क्रान्तिको नेतृत्त्व नै गर्नसक्छ । आफ्नो कुतर्कलाई सैद्धान्तिक जालले छोप्दैमा सत्य छोपिंदैन नि !

प्रतिक्रिया
सम्बन्धित समाचार