आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

माधव नेपालले राजीनामा दिनुपर्ने झलनाथ खनालको अडान

बिहिबार, कार्तिक १३ २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजीनामा माग गरेका छन् । जारी केन्द्रीय कमिटी बैठकमा बिहीबार उनले पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लगाइएकाले नेपालले पद छाड्नुपर्ने माग गरेका हुन् ।

“माधव नेपाललाई अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा लगाएको छ । त्यो विशेष अदालत र अख्तियार हामीले नै बनाएका हौँ । उहाँले अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ,” खनालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

खनाल नेकपा (माओवादी केन्द्र) सँग एकता गर्न नहुने पक्षमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार