आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

आजदेखि थाई एशियाको भैरहवा-बैंकक उडान सुरु

आइतबार, कार्तिक ९ २०८२

भैरहवा, रुपन्देही । थाई एशिया एयरले बैंकक-भैरहवा-बैंकक उडान आजदेखि पुनःसुरु गरेको छ । आज बैंककबाट एयरबस ३२० विमानले १७ जना यात्रुसहित सवा १२ः०० बजे भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

साथै भैरहवाबाट १६२ जना बोकेर विमान दिउँसो १ः१५ बजे पुनः बैंकक फर्किएको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिनुभयो । उहाँका अनुसार एयरलाइनले बैंकक–भैरहवा–बैंकक मार्गमा हप्तामा दुईपटक उडान गर्नेछ ।

एयरलाइन्सले प्रत्येक साता आइतबार र बुधबारका लागि नियमित उडानका लागि अनुमति पाएको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार