शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

रुकुम पश्चिमको बाँफीकोटमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गयो

शनिबार, कार्तिक ८ २०८२

काठमाण्डौ – रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–७ लिस्नेको भित्री सडकखण्डमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । १० जना घाइते भएका छन् ।

हिजो बेलुकी सदरमुकाम खलङ्गाबाट आठबिसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गरेको रा १ ज ४२२ नम्बरको जीप सडकबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी सात जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा आठबिसकोट नगरपालिकाका ३० वर्षीया कमला वली, १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बूढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली, १४र१५ वर्षकी कल्पना नेपाल र २८ वर्षकी सबिता विकको ज्यान गएको हो । घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार