आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

समयमै निर्वाचन र जेनजीका माग सम्बोधन हुने गरी संविधान संशोधन जरुरी : प्रचण्ड

बुधबार, कार्तिक ५ २०८२

महेन्द्रनगर, धनुषा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको निर्वाचन समय भइ जेनजीका माग सम्बोधन गर्ने गरी संविधान संशोधन हुनुपर्नेमा जोड दिनुभएको छ ।

रामगोपालपुर नगर कमिटीको आयोजनामा आज पार्टी प्रवेश कार्यक्रममा उहाँले मुलुक अहिले जटिल अवस्थामा रहेको उल्लेख गर्दै त्यसको समाधान निर्वाचन भएको बताउनुभयो । “सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, पहिचान र अधिकारको पक्षमा एकजुट भएका सबै राजनीतिक दल, नागरिक समाज र आम जनता एक हुनुको विकल्प छैन”, उहाँले भन्नुभयो । उहाँले जेनजीले उठाएका विभिन्न मुद्दा सम्बोधन हुनुपर्नेमा पनि जोड दिनुभयो ।

उहाँले देशभित्र रहेका सबै वामपन्थी र कम्युनिस्ट दलबीच एकता आवश्यक रहेको पनि आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार