शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

चितवनमा मोटरसाइकल पल्टिँदा एक युवकको मृत्यु

बुधबार, कार्तिक ५ २०८२

चितवन । चितवनमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक युवकको मृत्यु भएको छ।

राति साढे १२ बजेतिर खैरहनी-२ जनजीवन टोलस्थित भित्री सडकमा बागमती प्रदेश ०३-००५ प ४३०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा पहिचान नखुलेका अन्दाजी २०/२२ वर्षका युवकको मृत्यु भएको जिल्ला प्रहरीका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।

टाउकोमा गम्भीर चोट लागेका उनको भरतपुर अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार