आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

भक्तपुरको जुवाखालबाट नौ लाखसहित २७ जना पक्राउ

मंगलबार, कार्तिक ४ २०८२

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज जुवा खेल्दै गरेको अवस्थामा जुवाखालबाट रु नौ लाख २३ हजार ९६० नगरसहित २७ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा छापा मारी जुवा खालबाट नगदसहित १६ वटा कौडासमेत बरामद गरेको परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार