विनोद दाहाल
मानिसहरु सेना बारेमा बोल्नुहुन्न, यो गम्भीर र संवेदनशील सवाल हो भन्छन् । खासमा यो डरको अभिव्यक्ति हो । नेपाली जनता डरको शासन भोग्न पुगेका छन् । जेन्जीलाई प्रदर्शन गराउने र हत्या गर्ने अवस्थामा पुलिसलाई पुर्यएपछि उत्तेजित वातावरणमा सैनिकले सबैभन्दा पहिला प्रहरीलाई हत्याएर निष्क्रिय गरायो । त्यसपछि रानीतिक नेतृत्त्वमाथि आक्रमण हुने वातावरण बनायो, त्यसपछि भयो विध्वंश । सेनाले सरकारलाई सुरक्षा परिषद्को बैठक बस्ने वातावरण बिगारिदियो र सुरक्षा शुन्यता बनाएपछि सार्वभौम संसदको प्रमलाई राजिनामा गर्न दवाव दियो । सैनिकको दवाव नै सैन्य कु हो ।
जेन्जीका नाममा सेनाले कु गर्यो । प्रमलाई राजीनामाबाहेक बिकल्प दिएन । प्रम, मन्त्रिहरू, सांसदहरू सबैका फोन टुटाईदिएर संवैधानिक बिकल्प जाने सबै बाटाहरू टुटाइदिएको थियो । सबै सत्ता आफ्नो हातमा लिने उसको उदेश्यका लागि सबै खालका हर्कतहरू गर्यो । उसले आफ्ना योजना सफल पार्न नपाउँदै भू(राजनीतिक जटिलताले गर्दा वाह्य हस्तक्षेप ह्वात्तै बढेपछि संवैधानिक व्यवस्था बाहिर जाननसक्ने आएपछि दलका नेतृत्त्वहरूलाई नै फेरि जुटाएर निकास निकाल्न ठाउँ छोड्न वाध्य भएको हो ।
संवैधानिक प्रक्रिया भन्दा बाहिर गएर सत्ता कब्जा गर्ने सामन्तवादी अराजक तत्त्वहरू, शक्तिकेन्द्रबाट निर्देशित दलालहरू र पलिदानीपूर्ण सङ्घर्षपछि शोषितपिडित जनताले आफ्नो हक, अधिकार पाएको संवैधानिक व्यवस्था मन नपराउने तत्त्वहरूको सपना एकपटकका लागि चकनाचुर भएको छ । तर यी जनबिरोधि र देशद्रोही तत्त्वहरू अझै पनि चुपचाप लाग्ने छैनन्, जनता र देशको अवस्था जेसुकै होओस् यी तत्त्वहरू मतलव गर्दैनन् । यी तत्त्वहरूलाई लागिरहेको छ, राज्यसत्ताको केन्द काठमाडौं भए पनि र दिल्ली भए पनि खास फरक पर्दैन । राजालाई देश नदिने हो भने देश नै रहँदैन भन्ने गरेका पनि यही भाष्य हो । बेलाबेलामा यस्ता अभिव्यक्ति ओकल्ने गरेका पनि थिए । यसका लागि उनीहरू फेरि पनि लागिपर्ने नै छन् । यी तत्त्वहरूसँग सबै सजग र सतर्क रहनुपर्छ ।
यस्तो बेलामा दलहरूको भूमिका के हुनुपर्छ भन्ने सवाल प्रधान बनेको छ । नेपाली राजनीतिमा कांग्रेस–एमालेको राजनीति लात खाएपछि मात्र बुझ्ने प्रबृत्ति छ । जुनसुकै जनतालाई अधिकारसम्पन्न गर्ने राजनीतिक मुद्दा उनीहरूका हैनन् । लात खाएपछि मात्र मानेका र स्वीकारेका हुन् । यसको अन्तिम र पराकाष्ट प्रबृत्ति बोक्ने देउवा र केपी ओली भएका छन् । उनीहरू आफू जनताको अधिकार र राज्यको नयाँ संरचनाको लागि मुद्दा उठान पनि गर्न नजान्ने र त्यसबिरुद्ध लात खाने अवस्थासम्म पुग्दा पनि कुरा बुझ्ननसक्ने पराकाष्टको प्रबृत्ति हो । अझ चेत नै नखुली मर्ने अवस्थामा पुग्ने चाहिँ केपी ओली हुन् ।
माओवादी केन्द्र रणनैतिक लक्ष्य नलिई कार्यनीतिक सवालमा मात्र रुमल्लिएर अलमल गरि बसेकाले खासमा भूमिकाहीन हुनपुगेको छ । उसको काम यो राजनीतिक व्यवस्थाको रक्षक भएको दावी गरेर सत्तामा पुग्नेमा मात्र सिमित बनेको छ । अग्रगमनका मुद्दाहरूबिना यो व्यवस्था जोगाउने स्थिति पनि रहँदैन भन्ने तथ्य भदौ २३ र २४ गतको को असफल सैन्य कु र विदेशी चलखेलले नै खुलिसकेको छ । नेपाली कम्युनिस्ट आन्दोलनमा फरक ढङ्गको माके अर्थात, प्रचण्ड प्रबृत्तिको पनि अन्त्य भएको छ ।
जेन्जीका कथित माग जस्तो अमुर्त सवालहरू पुरा गर्नुपर्ने दायित्त्व सरकारको रहेको बताउँने प्रधानमन्त्री सुशीला कार्की छिन् । संविधान भत्काईदिउँ कि के गरौं के भनेर बोलिहिंड्ने सडक छाप सडकमा आत्मालाप गर्दैछ । म कसैलाई छोड्दिन भनेर डुक्रि हिंड्छ । उसले भर्खर ७, ८ जना मन्त्रि बनाएको छ रे !
जेन्जीलाई प्यादा बनाएर गरिएको सैन्य कु असफल भएपछि व्यवहारतः समाजका सबैभन्दा सिल्लीहरूले सत्ता चलाइरहेका छन् र उनीहरूले नै सरकार बनाएको घोषणा गरेका छन् । गृहमन्त्री नै लुसिफरले पठाएको बताइएको, दीपक खड्का भागेर अमेरिका पुगेको बताई फटाहा कुरा गर्ने, सैन्य कु लाई क्रान्ति भन्ने, आर्थिक घोटाला गरेको मिडियाले नै सार्वजनिक गरेको भ्रष्ट छ । जेन्जीका कथित माग जस्तो अमुर्त सवालहरू पुरा गर्नुपर्ने दायित्त्व सरकारको रहेको बताउँने प्रधानमन्त्री सुशीला कार्की छिन् । संविधान भत्काईदिउँ कि के गरौं के भनेर बोलिहिंड्ने सडक छाप सडकमा आत्मालाप गर्दैछ । म कसैलाई छोड्दिन भनेर डुक्रि हिंड्छ । उसले भर्खर ७, ८ जना मन्त्रि बनाएको छ रे !
तीन महिना सरकार चलाउने र तीन महिना निर्वाचन आचारसंहिता लागू भएपछि कामचलाउ सरकार भन्ने घोषणा भएको सरकारले गैरकानुनी ढङ्गले संसद बिघटन गरिदिएको छ । राष्ट्रिय सभाको निर्वाचन, संवैधानिक निकायमा नियुक्ति तथा देशको संवैधानिक सङ्कट आउँदा निर्णय लिनका लागि आवश्यक सांसदहरू संसद बिघटन गर्नु आफैमा सत्ता हत्याउने प्रयत्नमा रहेको षड्यन्त्रकारिको लागि सजिलो पार्ने कार्य हो । भन्नका लागि मात्र त अर्को षड्यन्त्रका लागि समय लिनुपर्ने भएकाले संवैधानिक सरकार देखाउने गरिएको छ । अहिले सेना असफल भएपछि अदृष्य शक्तिमार्फत देश चल्दैछ ।