काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की दिउँसो साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने भएकी छन् । उनी विपिन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न अन्तर्राष्ट्रिय विमानस्थल जाने भएकी हुन् ।
विपिनि जोशीको शव आज नेपाल ल्याउन लागिएको छ । इजरायलमा मारिएका जोशीको शव फ्लाई दुबईमार्फत काठमाडौं ल्याउन लागिएको हो ।
उक्त विमान दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ । अध्ययनका क्रममा इजरायल गएका जोशी दुई वर्षअघि हमासको अपहरणमा परेका थिए । अपहरित अवस्थामा उनको निधन भएको थियो ।
२७ असोजमा इजरायली अधिकारीले जोशीको निधन भएको पुष्टि गरेका थिए ।