काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले कवि जसराज किराती (खोटाङ) लाई ‘विशिष्ट प्रतिभा सम्मान–२०२५’ प्रदान गर्ने भएको छ।
यसैगरी युवा पत्रकार तथा लेखक धनुषा, जनकपुरधामकी विजेता कर्ण चौधरीलाई ‘प्रतिभा पुरस्कार–२०२५’ प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव चोक गुरुङले जानकारी दिए।
दुवै पुरस्कारको राशि रु। एक लाख नगदसहित ताम्रपत्र रहेको छ। बेलायत कर्मथलो बनाएका नेपाली स्रष्टाहरूले सन् २००८ मा स्थापित गरेको प्रतिष्ठानले उक्त पुरस्कार प्रदान गर्दै आएको छ।