शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

ललितपुरमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

शनिबार, कार्तिक १ २०८२

ललितपुर । ललितपुर जिल्लामा तिहारको समयमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले एक सूचना जारी गर्दै तिहारको समयमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने जनाएको हो ।

व्यवस्थित, मर्यादित, अनुशासित र एकता झल्काउने ढङ्गले देउसी–भैलो खेल्न समेत आग्रह गरिएको छ ।

पटका पड्काउने, आतिसबाजी गर्नेजस्ता कार्यमा पूर्ण रूपमा रोक लगाइएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार