शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

मंसिरभित्रै महाधिवेशन गर्न डा. शेखरको माग, निर्वाचनमार्फत जेनजीको भावना सम्बोधन गर्न सुझाव

बिहिबार, असोज ३० २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मंसिर महिनाभित्रै पार्टीको १५ औं महाधिवेशन गर्नुपर्ने बताएका छन् । अरू दलहरूले महाधिवेशन तयारी गरिसकेको र कांग्रेसले पनि मंसिरभित्रै महाधिवेशन गर्नुपर्नेमा उनको जोड थियो ।

विहीबारबाट पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा आफ्नो धारणा राख्दै नियमित महाधिवेशनमा जोड दिएका हुन् । उनले विशेष महाधिवेशनका लागि उत्साहपूर्वक हस्ताक्षर अभियान चलेको बताउँदै त्यसले कांग्रेसलाई ऊर्जा दिने पनि बताए ।

डा.कोइरालाले सभापति शेरबहादुर देउवाको मन्तब्यलाई सारगर्भित, भावनात्मक र भविष्यन्मूख प्रेरणदायी भएको भन्दै तारिफ गरे । उनले जेनजी पुस्ताले उठाएका मागहरुप्रति कांग्रेसले आगामी निर्वाचनमार्फत सम्बोधन गर्नुपर्ने पनि बताए ।

डा. कोइरालाले कांग्रेस पार्टीभित्र एकताको खाँचो रहेको औंल्याउँदै भने,‘निःसन्देह यतिवेला कांगे्रस भित्र एकताको खाँचो छ । यो पार्टी एकता निर्णय प्रक्रियामा न्याय स्थापित गरेर मात्र सम्भव हुन्छ । निर्णय प्रकृयालाई पारदर्शी र सबैैमा ‘विन–विन’को भावना विकास गर्नसके सम्भव हुन्छ । यसबारे पार्टी भित्र व्यापक वहश, छलफल र विश्लेषण जरुरी छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार