आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

ऊर्जा सुविधा केन्द्र लक्षित रूसी आक्रमण पछि युक्रेनको धेरै क्षेत्रहरूमा बिजुली कटौती

सोमबार, असोज २७ २०८२

युक्रेन ।ऊर्जा सुविधाहरू केन्द्रित पछिल्लो रूसी हवाई आक्रमण पछि युक्रेनले सोमबार कम्तिमा सात क्षेत्रमा ऊर्जा खपतमा प्रतिबन्ध लगाएको बताएको छ ।

ऊर्जा मन्त्रालयले सामाजिक सञ्जाल मार्फत रूसी आक्रमणका कारण युक्रेनको एकीकृत ऊर्जा प्रणालीमा उत्पन्न जटिल अवस्थाका कारण सात क्षेत्रहरूमा आपतकालीन विद्युत कटौती लागु गरिएको जनाएको हो ।

मुख्यतया देशको मध्य र पूर्वका क्षेत्रहरूमा उर्जा कटौतीका लागि सूचीबद्ध गर्दै डोनेट्स्क लगायतका क्षेत्रमा अधिकारीहरूले ग्रिड लक्षित आक्रमणहरू छोड्न आग्रह गरेका छन् ।

रूसी सेनाले आंशिक रूपमा कब्जा गरेको र युरोपको सबैभन्दा ठूलो आणविक उर्जा संयन्त्रको घर रहेको दक्षिणी जापोरिझिया क्षेत्रमा औद्योगिक उपभोक्ताहरू मात्र प्रतिबन्धको अधीनमा रहने मन्त्रालयले जनाएको छ । किरोभोग्राड क्षेत्रमा आंशिक प्रतिबन्ध मात्र लगाइने मन्त्रालयले जनाएको छ ।

क्रेमलिनले हालैका हप्ताहरूमा युक्रेनी ऊर्जा सुविधाहरू र यसको रेल नेटवर्कमा हवाई आक्रमणहरू बढाइ अघिल्लो तीन वर्षको जाडोदेखि लक्षित बमबारी अभियान दोहोर्याउँदै लाखौंलाई अत्यधिक चिसो सहन बात्तय पारेको जनाइएको छ ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आफ्नो पूर्ण आक्रमण पछि, मस्कोले प्रायः यस्तो आक्रमण पछि युक्रेनी सेनालाई समर्थन गर्ने ऊर्जा सुविधाहरूलाई लक्षित गरेको दाबी गर्दछ ।

आक्रमणहरूले ऊर्जा अधिकारीहरूलाई ग्रिडमा दबाब कम गर्न नागरिकका लागि निर्धारित बिजुली कटौती गर्न बाध्य पारेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार