मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

हुम्लाको देसीखोला गोठ्यानामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

शुक्रबार, असोज २४ २०८२

हुम्ला । शुक्रबार बिहान चङ्खेली गाउँपालिका–४ को देसीखोला गोठ्यानामा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । सो गाउँपालिका(६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेत आउने क्रममा जीप दुर्घटनामा परेको हो ।

चालक सहित नौ जना यात्रु सवार रहेको बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेमा चंखेली गाउँपालिका-६ की बसन्ती बुढा, उहाँका छोरी र सो वडाको मानबीर बुढा रहेको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो ।

अन्य छ जना घाइते भएका छन् भने घाइते हुनेमा कैलाश सिरा, चालक बहादुर लामा, हमेन्द्र रोकाया, हंस बुढा, पार्वती बुढा र बिमला बुढा हुनुहुन्छ । घाइतेको पिप्लाङ स्वास्थ्य चौकीमा उद्धार गरि प्राथमिक उपचार भइरहेको र घाइतेको जिल्ला बाहिर उपचारका लागि उद्धार गर्ने तयारी भइरहेको छ ।

प्रहरी र सर्वसाधारण घटनास्थलमा पुगेर घाइतेको उद्धार गर्नुभएको थियो । ग्रामीण कच्ची सडकबाट जीप तीन सय मिटर तल खसेको थियो । दुर्घटनामा कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बर जीप रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार