आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

राष्ट्रपतिद्वारा सर्वदलीय बैठक अह्वान

शुक्रबार, असोज २४ २०८२

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनपछि उत्पन्न नयाँ परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । राजनीतिक दलहरूमा देखिएको अविश्वास घटाउन र निर्वाचनको वातावरण बनाउन राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक बोलाएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

बैठकमा अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई समेत बोलाइएको छ ।

सरकार गठन भएको एक महिना पुग्दासमेत प्रधानमन्त्रीले दलहरूसँग छलफल गरेकी छैनन् । आगामी फागुन २३ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा भएको छ । तर, सरकारले राजनीतिक दलहरूसँग छलफल गरेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार