सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सिद्धार्थ बैंकको लाभांश घोषणा

बुधबार, असोज २२ २०८२

काठमाडौं(जस)–सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८१÷८२ का लागि लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंगलबार अपराह्न बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको कुल १०.५३ प्रतिशतले हुन आउने १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार ९१५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
जसमा ५ प्रतिशतले हुन आउने ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँबराबरको बोनस सेयर र ५.५३ प्रतिशतले हुन आउने ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनसहित) छन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार