शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

सुनसरीका बाढीपीडितलाई खाद्य सहयोग

बुधबार, असोज २२ २०८२

इनरुवा । सुनसरीका बाढीपीडितलाई विभिन्न दातृ निकायले राहत सामग्री वितरण गरेका छन् । सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, देवानगञ्ज, बराहक्षेत्रका पीडितलाई सहयोग गरिएको हो ।

बाढीपीडितलाई भुजा, चिउरा, दाल, नुन, चाउचाउलगायत खाद्य सामग्री वितरण गरिएको इनरुवा जेसिजका अध्यक्ष सत्य यादवले बताउनुभयो । इनरुवा–४ मरिकटोलका ४० जनालाई खाद्य सामग्री हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार