आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

ताप्लेजुङमा जिप दुर्घटना, चार जना घाइते

मंगलबार, असोज २१ २०८२

फुङलिङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका हाङ्पाङको लाफाचोक नजिकको सडकमा जिप दुर्घटना हुँदा दुई जना घाइते हुनुभएको छ । आठराई त्रिवेणी गाउँपालिका –१ निघुरादिनबाट फुङलिङतर्फ आउँदैगरेको जिप दुर्घटनामा परेको हो ।

१० जना यात्रु सवार मे १ ज २५१९ नम्बरको जिप आठराई त्रिवेणी गाउँपालिका –३ हाङपाङको पुच्छर लाफा चोकनजिक सडकमा दुर्घटना भएको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दिपेन) ले जानकारी दिनुभयो । उहाँका अनुसार जिपमा सवार १० जनामध्ये २ जना रन्जिता वनेम र सबिना श्रेष्ठ घाइते हुनुभएको छ ।

अन्य ८ जना यात्रु र चालक सकुशल रहेको उहाँको भनाइ छ । जिप दुर्घटनापछि अवरुद्ध सडक खुलाउने तयारी भइरहेको अध्यक्ष पोमूले जानकारी दिनुभएको छ । घाइतेहरूलाई उपचारको लागि अस्पताल पठाइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार