आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सुनको मूल्य तोलामा दुई लाख ३३ हजार १०० रुपैयाँ कायम

सोमबार, असोज २० २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (सोमबार) हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सुनको मूल्य तोलामा २५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३३ हजार १०० रुपैयाँमा कायम भएको छ । आइतबार ९असोज १९० छापावाल सुन प्रतितोला दुई लाख ३० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । त्यस दिन सुनको मूल्य एकैदिन तोलामा सात हजार ४०० रुपैयाँले बढेको थियो ।

सोमबार चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदी प्रतितोला दुई हजार ९६० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार