आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

बाढीपहिरोबाट भएको क्षतिप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त, आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता

आइतबार, असोज १९ २०८२

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भीषण वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज सामाजिक सञ्जाल एक्समार्फत यस कठिन समयमा आफू नेपाली जनता र नेपाल सरकारको साथमा रहेको बताउनुभएको छ । साथै प्रधानमन्त्री मोदीले विपद्को घडीमा छिमेकी मित्रराष्ट्रका हैसियतले आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार