आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सरकारले अपनाएको सावधानी र सक्रियता, सूचना प्रवाहले ठुलो मानवीय क्षति भएन : मन्त्री घिसिङ

आइतबार, असोज १९ २०८२

काठमाडौँ । सहरी विकास मन्त्री कुलमान घिसिङले पछिल्लो दुई दिनको अविरल वर्षा र बाढीका कारण भौतिक क्षति भए पनि मानवीय क्षति नभएको बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले विपद् व्यवस्थापनमा सरकारले अपनाएको सावधानी र सक्रियता, सूचना प्रवाहले मानवीय क्षति नभएको बताएका हुन् ।

यद्यपि उनले इलाममा पहिरो गएर मानवीय क्षति भएको बताए । इलाममा अतिवृष्टिका कारण बस्तीमा पहिरो जाँदा मानवीय क्षति भएको मन्त्री घिसिङको भनाइ छ । उनले सडक भत्किएर वा बगाएर मानवीय क्षति नभएको दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार