आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

इलामको माङ्सेबुङस्थित पातीगाउँबाट सुत्केरीसहित दुई जनालाई सेनाको हेलिकप्टरबाट उद्धार

आइतबार, असोज १९ २०८२

काठमाडौँ, १९ असोजः इलामको माङ्सेबुङ गाउँपालिका–१ पातीगाउँमा पहिरोमा परी गम्भीर घाइते भएका सुत्केरीसहित दुई जनाको आज नेपाली सेनाले उद्धार गरेको छ ।

उनीहरुलाई सेनाको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

माङसेबुङ गाउँपालिका, इलाम नगरपालिका र मानेभञ्ज्याङ इलाकामा पहिरोबाट क्षति भएकाले २१ बाहिनी अड्डा र अन्तर्गतका इकाइबाट सुरक्षाकर्मी परिचालन गरिएको सेनाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार