आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भएका प्रहरी सहायक हबल्दार गुरुङको परिवारलाई १५ लाख प्रदान

सोमबार, असोज १३ २०८२

कास्की, ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भएका प्रहरी सहायक हबल्दार अमृत गुरुङको परिवारलाई रु १५ लाख प्रदान गरिएको छ ।

कास्कीको रुपा गाउँपालिका–५ रामादीका गुरुङलाई सरकारको तर्फबाट उपलब्ध गराउने सो आर्थिक सहायता रकम मृतक गुरुङका श्रीमती कान्तिलाई हस्तान्तरण गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।

सरकारले जेनजी प्रदर्शनका क्रममा मारिएका आन्दोलनकारी र सुरक्षाकर्मीका परिवारलाई रु १५ लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय अनुसार सहयोग रकम हस्तान्तरण गरिएको प्रजिअ शर्माले जानकारी दिनुभयो ।

प्रहरी सहायक हबल्दार गुरुङको काठमाडौँको प्रहरी प्रभाग कोटेश्वर कार्यरत रहेका बेला प्रदर्शनकारीको आक्रमणबाट गत भदौ २४ गते मृत्यु भएको थियो । उहाँ सात वर्षअघि प्रहरी सेवामा प्रवेश गर्नुभएको हो ।

परिवारलाई आर्थिक सहायता र सहानुभति दिनका लागि प्रजिअ शर्मासहित रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा, जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रमुख नवीन कार्की लगायतका जिल्ला सुरक्षा समितिका सदस्यहरु घरमै पुग्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार