काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नयाँ डेरा, भक्तपुरको गुण्डुमा नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ ।
जेनजी आन्दोलनपछि विकसित घटनाक्रमबारे छलफल गर्न र पार्टीको धारणा बनाउन अध्यक्ष ओलीले पहिलो पटक सचिवालय बैठक बोलाएका हुन् ।
जेनजी आन्दोलनले सत्ताबाट बहिर्गमन भएका अध्यक्ष ओलीलाई नेतृत्व त्याग्न कतिपय नेताहरूले सुझाव दिँदै आएको अवस्थामा ओलीले दिने जवाफ र एमालेले लिने नयाँ रणनीतिबारे कार्यकर्ताहरूले चासोका साथ हेरेका छन् ।

