काठमाडौं । सरकारले तीन विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयबाट फिर्ता गरेको छ । यसअघि, अर्थ र गृह मन्त्रालयअन्तर्गत भएका तीन विभाग पुनः यी नै मन्त्रालयमा फिर्ता गरिएको हो ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरी अर्थ मन्त्रालयअन्तर्गत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग ल्याइएको छ । त्यसका साथै राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्ने निर्णय गरिएको छ ।
०७४ सालको निर्वाचनपछि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा यी तीन विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत लगिएको थियो ।
यी विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत हुँदा प्रभावकारीरूपमा काम हुन नसकेको भन्ने आलोचना थियो ।