शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

भागेको चौध दिनपछि कारागार फर्किए टोप बहादुर रायमाझी

मंगलबार, असोज ७ २०८२

काठमाडौं । नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी भागेको १४ दिनपछि कारागार फर्किएका छन् ।

जेन–जी आन्दोलनको मौका छोपेर २४ भदौमा सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका रायमाझी हिजो (सोमबार) साँझ फर्किएका हुन् । रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदीबन्दी भागेका थिए ।

उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार