आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

लुटिएका १२ सय बढि हतियार अझै पाएको छैन प्रहरिले, झापामा कति ?

मंगलबार, असोज ७ २०८२

निश्चल दाहाल

जेन जी आन्दोलनका दौरान झापा जिल्लामा नेपाल प्रहरीका २४ थान हतियार , ५६९० वटा गोली र १८० सेल अश्रुग्यास लुटिएको बताइएको छ।
जेन जिको नाममा भएको आन्दोलनका आन्दोलनकारीहरुले इप्रका बिर्तामोड साथै इप्रका दमकबाट लुटेका विभिन्न हातहतियार भने केही हद सम्म फिर्ता पाएको प्रहरिले जनाएको छ।

१४ थान एसएलआर, सो मा लाग्ने गोलि करिब ४००० थान, ४० राउण्ड गोली लोड गरिएको २ वटा पिस्टोल, ४ शर्ट गन र त्यसका १८० सेल अझ सम्म पनि दमक कार्यलयले वापस नपाएको बताइएको छ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट १ थान एसएलआर र सो मा लाग्ने १५०० गोली, १५० राउण्ड रिभल्भरको गोलि साथै ३ थान रिभल्भर अझ पनि फेला नपरेको प्रहरी बताउछ।

अरु हातहतियारको हकमा भने  केही हातहतियारहरु  मानवअधिकारवादीहरुको रोहवरमा आन्दोलनकारीहरुले सेनालाई बुझाएको थियो , अरिदम गण चारआलिले जिम्मा बुझेको हतियार प्रहरिलाइ वापस दिएको बताएको छ।

हाल सम्म पनि देशभरबाट १२ सय ७६ थान पिस्टोल राइफल साथै झन्डै ९९ हजार राउण्ड गोलि प्रहरिले फेला पार्न नसकेको र अभिलेखिकरण गर्न नसकेको रिपोर्ट प्रहरिले आन्तरिक विवरणमा बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार