जेनजी आन्दोलनमा देशका अधिकाँश काराघारबाट १३ हजार भन्दा धेरै कैदीबन्दी भागे । कतिपयलाई प्रहरीले प्रक्राउ गरेको छ भने कतिपय आफैँ कारागारको सम्पर्कमा आएका छन् । नक्कली भुटानी शारणार्थी काण्डका अरोपी एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एव्म रास्वपाका अध्यक्ष रबि लामिछाने, जो सहकारी ठगी प्रकरणका दोषि हुन्, उनीहरु पनि जेलबाट भागे । त्यसैगरी साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती लगायत बिभिन्न ठगी, हत्या, बलात्कार आदिका अरोपीहरु गरी हजारौँको संख्यामा जेलमा रहेका कैदबिन्दीहरु देशका बिभिन्न जिल्लामा रहेका कारागारहरु तोडेर भागेका हुन् ।
आन्दोलनका कारण प्रहरीलाई बाहिरी जिम्मेवारीमा खटाइँदा र केही जेलमा आन्दोलनकारीले नख्खु कारागारमा तोडफोड गर्दा जेलभित्रको सुरक्षा कमजोर भएको थियो । कारागार संरचना जीर्ण अवस्थामा हुनु र आकस्मिक परिस्थितिलाई व्यवस्थापन गर्न पर्याप्त स्रोत नहुनु, कैदीहरूको लामो समयदेखिको असन्तुष्टि र भीडभाडको कारण एकैपटक ठूलो सब्ख्यामा भाग्ने प्रयास गरेका हुन् । हाल देशका ७७ जिल्लामध्ये धनुषा, बारा, भक्तपुर, पूर्वी नवलपरासी र पूर्वी रुकुम गरी पाँच ओटा जिल्ला बाहेक ७२ ओटा जिल्लामा ७५ ओटा कारागार कार्यालयहरू छन् । कारागार यातना गृहभन्दा सुधार गृहका रूपमा हुने राज्यको नीति भए पनि देशका अधिकांश कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दीलाई राखिएको छ । कैदीहरुलाई यसरी राखिँदा उनीहरुको मावन अधिकार हनु भएको बारेमा पनि बेलाबेलामा सरोकारवाला निकायहरुले आवाज उठाउँने गरेको छन् । तर अझै यसको उचित सुनुवाई हुन सकेको छैन ।यसैगरी जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदीले घर पुगेर श्रीमतीको हत्या गरेका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– १२ कलाँतीमा ३१ वर्षीया श्रीमती जमुना तामाङको हत्या गरेर उनका श्रीमान् सन्तबहादुर तामाङ फरार भएका हुन् । उनले घरपछाडि रहेको करेसाबारीमा गाडेको अवस्थामा जमुनाको शव भेटिएको थियो । श्रीमतीको हत्या गरेर फरार रहेका सन्तबहादुरको प्रहरलिे खोजी गरिरहेको छ ।
बिभिन्न मुद्दामा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका बेला देशका बिभिन्न जेलबाट भागेका कैदीहरमध्ये अझै पाँच हजार भन्दा धेरै सम्पर्कबिहीन छन् । तिनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनमा धुसपैठ हुँदा देशका अधिकाँश जेलबाट कैदीबन्दीहरु भागेका हुन् । जव जेनजी आन्दोलनमा रास्वपाका केही व्यक्तिहरु घुसे र उनीहरु रास्वपा अध्यक्षलाई कैद गरेर राखिएको ललितपुरको नख्खु कारागारमा पुगेर ढुंगामुढा गर्न थाले, कारागारको सुरक्षामा खटिएका सिमीत सुरक्षाकर्मीले भीडर हुलदंगलाई नियन्त्रण गर्न सकेनन् र जेलबाट रवि लामिछाने सहितका कैदीबन्दीहरु भगे । नख्खु कारागारको सिको गर्दै देशका अधिकाँश जेलहरुबाट कैदी भागे । यसमा रास्वपाले क्षमा माग्नु पर्छ । सायद यो र यस्ता अनेकौँ रबिका फण्डाकै कारण हुनसक्छ रास्वपाबाट नेतृ सुमना श्रेष्ठ लगायतका नेताहरुले राजीनामा दिनु ।
तसर्थ देशमा सुशासन, बिधिको शासन, अमनचयन, संविधानको पूर्ण पालना गर्ने हो भने सबै राजनीतिक दलहरु इमान्दार हुन जरुरी छ । नागरिक पनि इमान्दार हुन जरुरी छ र जेलमा रहेका कैदीहरुले पनि नीति, नियम, कानुन इमान्दारीपूर्वक पालना गर्न जरुरी छ । संविधान र कानुनभन्दा माथि कोहि पनि छैन । त्यसैले जेलबाट भागेका कैदीहरु इमान्दारीपूर्वक जेलमै फर्किनु पर्छ । जेलको सजाय भुक्तान नगरी भागेका कैदीहरुलाई एकदिन प्रहरीले पक्राउ गरी हत्कडी लगाएर पुनः जेलमै फर्काउने छ । प्रहरी र समाजले त्यस्ता व्यक्तिलाई कुनै पनि हालतमा समाजमा लुकिछिपी बस्न दिने छैनन् । एक दिन अवश्य अँध्यारोको पर्दा त्यातिएर उज्यालो किरण समाजमा छाउँने छ । फरार अपराधीहरु कुनै पनि हालतमा सधैँका लागि लुकेर बस्न सक्ने छैनन् । त्यसैले आजै आफूले गरेको गल्ती प्रायश्चित गर्नुको विकल्प छैन ।