मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

के केमा परिवर्तन होला त ?

सोमबार, असोज ६ २०८२

विनोद दाहाल

जेनजी कुनै राजनीतिक अवधारणा हैन, कथित उमेर समूह हो । १३/१४ बर्षका बालक र २७/२८ बर्षका युवालाई एउटै डालोमा हालेर युवा बिशेषता बताउने कुचेष्टा गरिएको छ । राजनीतिक आन्दोलनमा १३/१४ बर्षका बालकलाई उपयोग गर्नु अपराध करार गर्ने र राजनीतिको सबैभन्दा बढि असर देखिने २७/२८ बर्षका युवाको राजनीतिक प्रदर्शन स्वभाविक नभएकाले कुनै पनि मूर्त मुद्दा बिना नै सडक प्रदर्शन गर्दा स्वार्थी समुहहरूले त्यसको दुरुपयोग गर्नपुगेका हुन् ।

सेप्टेम्बर ८/१२ सम्म चलेको त्यो प्रदर्शन भीडमा परिणत भयो । सरकार लाछी भैसकेकाले ऐया पनि भन्न नपाई अर्थात, संकटकाल लगाएर जाने निर्णय गर्न, सुरक्षा परिषदको बैठक गर्न र सैनिकलाई निर्देशन दिन अवशर बिकल्पमा थियो तर सत्ता लिप्सा र पदलोलुपताले आँधो भएको सरकार भएकाले त्यो अवशरको उपयोग गर्न नसकेको हो । परिस्थितिको पहिल्यै आंकलन गर्नुपर्ने निकायहरूसमेत बेकम्बा भैसकेका थिए भन्ने देखिन्छ । सारमा भन्दा अपराधबाट बच्न भ्रष्ट र माफियाहरूले बनाएको सरकार साँच्चैनै कमजोर भैसकेको स्थिति देख्नसकिन्छ ।

भीडमा परिणत भएको प्रदर्शन पनि गतिलो थिएन, त्यो आँधो थियो । सामाजिक सञ्जाल मात्र हेर्ने, त्यहींका कुरा मात्र पत्याउने र सतही कुरा मात्र बुझ्ने कमजोर क्षमताका मानिसको भीड भएकाले उनीहरू अर्कै खालका मानिस थिए भन्नसकिन्छ । उनीहरू सहिद चिन्दैनथे, देश र जनताका लागि आजीवन योगदान गर्ने मानिस चिन्दैनथे, जनद्रोही तथा देशद्रोही चिन्दैनथे, राष्ट्रिय सम्पदा चिन्दैनथे, राज्यका संवैधानिक अंगहरू चिन्दैनथे, यतिसम्म कि भ्रष्टाचार के हो भन्ने समेत थाहै नभएर भ्रष्टका संरक्षक र भ्रष्टाचार बिरुद्ध निरन्तर प्रभावकारि काम गर्ने को हो भन्नेसमेत नचिन्ने बनिसकेका थिए । सामाजिक सञ्जालले मानिसको दिमाग कतिसम्म भुट्नसक्दोरहेछ भन्ने घटाएका बीभत्स चित्रहरू प्रष्ट छन् ।

भीडमा परिणत भएको प्रदर्शन पनि गतिलो थिएन, त्यो आँधो थियो । सामाजिक सञ्जाल मात्र हेर्ने, त्यहींका कुरा मात्र पत्याउने र सतही कुरा मात्र बुझ्ने कमजोर क्षमताका मानिसको भीड भएकाले उनीहरू अर्कै खालका मानिस थिए भन्नसकिन्छ । उनीहरू सहिद चिन्दैनथे, देश र जनताका लागि आजीवन योगदान गर्ने मानिस चिन्दैनथे, जनद्रोही तथा देशद्रोही चिन्दैनथे, राष्ट्रिय सम्पदा चिन्दैनथे, राज्यका संवैधानिक अंगहरू चिन्दैनथे

सामन्तवाद सुरक्षित, साम्राज्यवाद र विस्तारवाद सुरक्षित, दलाल पुँजीवाद पनि सुरक्षित, भ्रष्ट प्रशासनिक क्षेत्रका नौकरशाही पुँजीवाद पनि सुरक्षित नै देखिए । भीडको कारवाहीमा १२ बुँदे यात्राका पक्षधरहरू जसले सहमतिको राजनीति र साझा मुद्दामार्फत जे परिवर्तन सम्भव देखेर राजनीति गरे ती लक्षित वा केन्द्रित आक्रमण गरे । जेन्जीका नाममा सहभागीहरूको भीड वर्तमान संवैधानिक व्यवस्था बिरुद्ध मात्र केन्द्रित बिद्रोहमा परिणत भयो ।

असन्तुष्ट र पिडित भएको महशुस गर्नेहरू सबै एकै ठाउँमा केन्द्रित हुने वातावरण बनेको नबुझ्ने शासकहरू आफैमा अक्षम् हुन् । दण्डहीनता समस्या भएको समाजमा देखिनेगरी भ्रष्ट र माफियाको सुरक्षाको लागि सरकार बन्नु नै सबैभन्दा ठूलो बेइमानी थियो । यस्तो सरकारका पक्षधरहरू स्वतः सजायँका लागि योग्य थिए । उनीहरूको नीति नै केपिको भाषामा ‘फर्गेट एन्ड फरगिभ’ हो । अर्थात बिर्सिदिउँ र माफ दिऊँको नीति । राज्य दोहन गर्नेहरूको यस्तो अपराध अक्ष्यम्य थियो । माके मार्फत सजायँको व्यवस्था भैहाल्छ कि भन्ने जनताको आशा पनि मर्दै गैरहेको थियो किनकि माकेको साइज र शक्ति घट्दै जानलागेको थियो । जेन्जीको कारण यिनीहरू सत्ताच्युत त भए तर सजायँ हुने अवस्था आउला र भन्ने स्थिति अझै रह्यो किनकि जेन्जी कुनै निश्चित संगठित शक्ति हैन ।

परिवर्तन नै खोज्ने हो भने समाजवादको ठोस परिभाषा तय गरेर त्यसलाई सुनिश्चित गर्न सर्वपक्षीय संकल्प प्रस्ताव पारित गरेर संविधानमा सुनिश्चित गर्ने खालको सरकारसमेत गठन गर्नु आवश्यक छ ।

जेन्जीको परिभाषामा पुस्ताको एउटा स्वभावलाई हैन, नयाँ युगका नयाँ खालका स्वभाव बनेका मानिसको अर्थमा देखाउन खोजेका छन् । साइबर्नेटिक, अझ त्यसको विकसित अवस्था एआई, डिपसिक जस्ता अत्याधुनिक प्रबिधिका प्रभावमा परेका नयाँ खालका मानिस भन्ने अर्थ लगाइने गरेको छ । पुराना सम्बन्धहरूबाट मुक्त मानिस हुन् भनिन्छ । उनीहरू के चाहन्छन् ? उनीहरूले देख्ने सत्य के हो ? समाधानका उपायहरू के के अभिव्यक्त गरेका छन् ? उनीहरूको सवाल बारेमा केन्दित हुनु समाधान हो झैं ठान्नु र उनीहरू चेतना नै ठूलो बिद्रोह हो भनेर ठान्नु नै अहिलेका मानिसको अध्ययनको क्षेत्र बनेको स्थितिमा मेटासँगको राज्यको सङ्घर्षको बाहाना बनाएर उनीहरू गैरजिम्मेवार ढङ्गले सडकमा आएपछि त्यसमा संवैधानिक व्यवस्था बिरुद्ध भन्दै अराजकता मच्चाइरहेका विभिन्न समुहहरू थपिए । भ्रष्टाचार बिरुद्ध भन्दै एम्बस नम्बरको सवाल उठाएका मान्छे पनि थपिए र प्रतिपक्षि पनि थपिए । क्रान्तिकारि शक्तिहरू पनि स्वतः यस्तो अवस्थामा आफ्ना बिषय तेर्स्याएर आउने भैहाले । समाजका सबैपाटापक्षबाट थपिंदै जाँदा विध्वंसात्मक अवस्था आयो ।

अब समाधान चाहिँ संसदवादी दलहरू मात्र बसेर वा संसद पुनर्स्थापना वा निर्वाचनमार्फत नयाँ संसद ल्याएर समाधान खोज्न सकिन्छ त ? क्रान्तिकारि शक्तिलाई फेरि पनि पन्छाएर समाधान खोज्नथालियो भने के समाधान निस्किन सक्छ ? परिवर्तन नै खोज्ने हो भने समाजवादको ठोस परिभाषा तय गरेर त्यसलाई सुनिश्चित गर्न सर्वपक्षीय संकल्प प्रस्ताव पारित गरेर संविधानमा सुनिश्चित गर्ने खालको सरकारसमेत गठन गर्नु आवश्यक छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार