सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नख्खु कारागारबाट भागेका सन्तबहादुर तामाङले घरमा पुगेर गरे श्रीमतीको हत्या !

आइतबार, असोज ५ २०८२

काभ्रे । जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदीले घर पुगेर श्रीमतीको हत्या गरेका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– १२ कलाँतीमा ३१ वर्षीया श्रीमती जमुना तामाङको हत्या गरेर उनका श्रीमान् सन्तबहादुर तामाङ फरार भएका हुन् ।

वडाध्यक्ष जयराम केसीका अनुसार घरपछाडि रहेको करेसाबारीमा गाडेको अवस्थामा जमुनाको शव भेटिएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेर शव उत्खनन गरिरहेको केसीले बताए ।

उनका अनुसार तीन दिनदेखि जमुना सम्पर्कमा नआएपछि माइतीपक्षले खोज्ने क्रममा हत्या भएको खुलेको हो । फरार रहेका सन्तबहादुरको खोजी भइरहेको छ ।

उनी बलात्कार मुद्दामा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका बेला नख्खु जेलबाट भागेर घर पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार