आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

आज सुनको मूल्य प्रतितोला २ लाख १६ हजार रुपैयाँ

शुक्रबार, असोज ३ २०८२

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो ।

बिहीबार २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको २ लाख १६ हजारमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ ।

बिहीबार तोलाको दुई हजार पाँच सय २० रूपैयाँ किनबेच भएको चाँदी आज २ हजार ५ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार