आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कांग्रेस, एमाले, माओवादी र राप्रपाको पुनर्संरचना हुन्छ जस्तो मलाई लाग्दैन : बाबुराम भट्टराई

बुधबार, असोज १ २०८२

कठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना दलको पुनर्संरचना हुने आफूले नदेखेको बताएका छन्। जेनजीहरुले दबाब बनाइराखे मात्रै यो सम्भव हुने उनको भनाइ छ।

‘पुराना दलहरू कांग्रेस, एमाले, माओवादी र राप्रपाको पुनर्संरचना हुन्छ जस्तो मलाई लाग्दैन,’ भट्टराईले भने, ‘त्यहाँ जसरी आवाज उठिरहेको छ, चौथो नाती पुस्ता आइसक्यो।’

‘जेनजी भन्ने २८ वर्ष भन्दामुनिका युवाहरुले दबाब बनाइरहे राजनीतिक पुनर्संरचना सम्भव छ। कहिलेकाहीँ भुँईको टिप्छु भन्दा पोल्टाको पनि खस्छ, त्यसमा मैले सतर्क गराउँदै आएको पनि छु,’ भट्टराईले थपे।

तोकिएकै मितिमा चुनाव गराउनुपर्नेमा समेत जोड दिए। ‘बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिष्पर्धी स्वतन्त्र र निष्पक्ष ढंगले गराउने मुख्य आधार हो,’ भट्टराई भन्छन्, ‘लोकतन्त्रको खम्बालाई हामीले कति पनि कमजोर पार्न दिनु हुँदैन। निश्चित मितिमै चुनाव गर्नुपर्छ।’

प्रतिक्रिया
सम्बन्धित समाचार