काठमाडौं । नेपाली सेनाको सुरक्षामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेनजी आनलोनका क्रममा आगजनी भएको पार्टी कार्यालयको अवलेकन गरेका छन् ।
जेनजी आन्दोलनको क्रममा कोटेश्वर पेरिसडाँडामा आगजनी भएपछि माओवादी केन्द्रले नयाँ र भव्य केन्द्रीय कार्यालय बनाउने प्रचण्डले बताए । प्रचण्डले भने, ‘देशभरका कार्यकर्ताहरुको सहयोगमा नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ ।’
अवलोकनपछि उनले बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटरहरु जोगिएको बताए । ती जोगाउन भूमिका खेलेको भन्दै उनले कर्मचारी र कार्यकर्ताहरुलाई उनले धन्यवाद दिए ।