आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

स्रोत नखुलेको सात लाखभन्दा बढी रुपियाँसहित तीन जना पक्राउ

सोमबार, भाद्र ३० २०८२

बाँके । बाँकेको कोहलपुरबाट प्रहरीले स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपियाँसहित तीन जना युवालाई पक्राउ गरेको छ ।

प्रहरीले कोहलपुर नगरपालिका वडा २ सालको बुटा भन्ने स्थानबाट आइतबार बेलुका स्रोत नखुलेको साढे सात लाखभन्दा बढी नेपाली रुपियाँसहित तीन जना युवालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारी दिनुभयो ।

“आइतबार साँझ कोहलपुर २ सालको बुटाबाट स्रोत नखुलेको साढे सात लाखभन्दा बढी नेपाली रुपियाँसहित तीन जना युवालाई पक्राउ गरेका छौँ, तीमध्ये दुई जना कोहलपुरकै र एक जना नेपालगन्जका व्यक्ति छन् ।” प्रनाउ खनालले भन्नुभयो, “उनीहरुका बारेमा थप अनुसन्धान गरिरहेका छौँ, अनुसन्धानपछि थप विषय खुल्नेछ ।”

 

प्रतिक्रिया
सम्बन्धित समाचार