आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेतृत्वले गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने भन्दै सुमना श्रेष्ठले परित्याग गरिन् रास्वपा

आइतबार, भाद्र २९ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले पार्टी त्याग गरेको घोषणा गरेकी हुन् । उनले कहिलै गल्ति नस्वीकार्ने , गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने भन्दै प्रश्न समेत गरेकी छिन् । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने प्रवृत्ति रहेको समेत उनको आरोप छ ।

उनले लेखेकी छिन,‘कहिलै गल्ति नस्वीकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो । यो स्विकार्य छैन । अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । मैले पार्टी छोडे।’

त्यस्तै उनले आफ्ना नेताहरूलाई पुजा गर्न बन्दगरी कि हटाउने कि हट्ने काम गर्न अन्य पार्टीका नेताहरुलाई सुझाव समेत दिईन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार