सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा, मृतक परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान

आइतबार, भाद्र २९ २०८२

काठमाडौं । जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गर्ने भएको छ । साथै मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यो निर्णयमा हस्ताक्षर गरेकी हुन् ।

यो जानकारी मुख्य सचिव एकनारायण अर्यालले दिएका हुन् ।

उनका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

आन्दोलनमा घाइतेहरुको सरकारले उपचार गर्ने निर्णय समेत भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार