मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

जनता र वैरी छुट्याएर व्यवहार गरौं

आइतबार, भाद्र २९ २०८२

विनोद दाहाल

प्रचार गरिए जस्तो कोही कतै, कहिलेकाहिं त्यस्ता भ्रष्ट शासक देखिन्छन् । के सबै दल र सबै नेताहरू उस्तै अपराधिहरू हुनसक्छन् ? नेताको भन्दै प्रचार गरेका श्रोत, साधन, घर जग्गा, सेयर, कम्पनि वा जे जे थिए त्यो अहिले देखियो त ? कहिं नराखि, खोजीखोजी घर खोतलेर लुटपाट गरिसकेर आगो झोसेका हैनन् ? प्रचार गरिएजस्तै केही भन्नसक्छन् ? अझ पुरानो प्रचार अहिले बिर्सिइसके, अझै धेरै ओैंल्याउने गर्थे । नेताहरू बैरीले भने जस्तै रहेछन् त, अहिले गुमिसकेको देश राज्यका भन्ने सबै संयन्त्र जीरो बनाउने बैरिले बचाए कि खेदाई खाएका नेतृत्त्वहरूले संवैधानिक संकट निम्त्याएर सार्वभौमिकता लुट्ने खोज्ने बैरिका योजनामा रहेकाहरूले बचाए ।

समाजमा कोहीको डर नभएको, ससशस्त्र दलबलसहित हिंड्ने व्यक्ति जसलाई सबैले चिन्छन् दुर्गा प्रसाईं । कुनै शक्तिको आढ नपाई कोही पनि यस्तो जे पनि बोल्दिने आँट गर्दैन, उसले आँट देखाएको छ, बोल्छ । उसको दिमागमा मालिकले जेजे भरिदिन्छ त्यही उसको ज्ञान हो र जे आदेश दिन्छ त्यही गर्नु उसको व्यवहार हो ।

उसले १२ करोडको जग्गालाई घुसिया कर्मचारिहरू मार्फत ४ अर्ब ऋण झिकेर यो देशको राजनीतिक सत्तानै पैसाको बलमा चलाउने दिवासपना देखेर बर्बराइराखेको छ । उसको बधनियतलाई प्रयोग गरेर घरेलु सामन्तवादले सिंहासनमा पुग्ने र निरंकुश शासन चलाउने सपना देखेर उसको सम्पत्ति श्रोत साधन र अपराधि जत्था प्रयोग गर्यो । विदेशी विस्तारवादी शक्तिले पनि उसै गर्यो । ऊ, ज्ञानेन्द्र लगायत सबैलाई प्रयोगगर्ने र सेनामार्फत संवैधानिक सङ्कटमा पुर्याएर देश गाभ्ने योजना बनायो । परिणाम हाम्रो सामु छ, एकपटक देश खरानीमा परिणत भयो ।

उनीहरूको यही बध नियतले सत्तामा बस्ने सबै नेताहरूलाई भ्रष्टिकरण, अपराधिकरण, जनताबाट टुटेका अराजनीतिकरण भएका जस्तो अवस्थामा पुर्याएका हुन् । उनीहरूको भाषा र शैली नै त्यसरी प्रस्तुतीमा पुर्याएका थिए ।

युटुवे प्रायः नै त्यै अपराधको धनमा देशदेशावर चहार्थे । मिडिया कम्पनिमा ९–१० हजार तलव भएका सबैजसो पत्रकारहरूको अफिसरको भन्दा माथिल्लो जीवनशैली र वर्गउत्थान भएको अवस्था छ । सबै सेलिब्रेटी भनौंदालाई किनेर आफ्नो योजनामा उपयोगमा ल्याए । सबैको दिमाग सामाजिक सञ्जालमार्फत भुटिसकेर आआफ्नो स्वार्थका लागि विस्तारवादी योजना व्यवहारमा आयो( देश भन्ने दावी गर्ने सबै कुरा खरानी बनाए । अहिले देश भन्ने चिज जनता र नेता मात्र बाँकि रह्यो । देश जलेर खरानी भैरहेको दर्दनाक दृष्य हेर्दै मन भक्कानिएका, पिरलिएका, दुस्ख मानेका, देशको अवस्था बुझ्नसक्ने अवस्थामा नरहेका श्रम र उत्पादनमा लागिरहेका, स्वतन्त्र र स्वाधिन नेपाल नै अझै चाहिन्छ भन्ने ठानेका जनताको हो यो देश ।

भयभित र आतङ्कित अवस्थामा पुगेका, आक्रमणको निशानामा परेका, सैन्य दवावमा परेका, घर-सम्पत्ति र जनसमेत जलाएर दर्दनाक अवस्थामा पुगेका नेताहरूको हो यो देश । यस्तो अवस्थामा पुर्याउँदा पनि जीवनको मतलव नगरी संवैधानिक संकटमा देशलाई पुग्न नदिई यो देश बचाएका छन् । बुझिराखौं, यो देश कस्ले बचाए र कस्ले विदेशीलाई बुझाउन भूमिका खेले,  यो देशमा बस्नेहरू जनता को हुन् र वैरी को हुन्, छुट्याओैं । नागरिकता लिएकै भरमा ऊ जनता नबुझौं । मानिस चिनेर व्यवहार गरौं !

कुन काम बापतको कमिशन लिए होलान् भनेर अनुमान लगाउनु पर्दैन ? एउटा फटाहा, बधनियतको, तथ्यबिनानै कराइराख्ने सामाजिक सञ्जालको अर्थात समाजको एउटाको कुरा आधार मानेर धारणा बनाउनेहरू नै आजको समाज हो ।तपाईं पनि त्यही तालमा बहकिनु हुन्छ ।

प्रचण्डले छोरीको विवाह सिमापारिकै नागरिक प्रधान थरका व्यक्तिसँग गरिदिएका थिए, पछि उनको डिभोर्स भयो । उनले अर्कै अर्बपतिसँग विहे गरिन् । उनको जीवन माख्लो वर्गको भयो । उनको नातिनी अरूका झैं आफ्नै वर्गको शोख देखाउछिन्, प्रचण्डको जीवनसँग त्यो किन जोडिन्छ भने छोरा बितेपछि छोरी झोला बोकाउँदै साथमै लैजान्छन् ।

अनि प्रचण्ड वा नेताहरूकै दोषमा यो बिध्वंश भएको जस्तो पार्न अपराधिले जत्थाले प्रचार सामाग्रि सामाजिक सञ्जालको बजारमा ल्याएका छन् । प्रचण्डको सम्पत्ति यी देशद्रोही बैरीहरूले भनेको जति भएको भए शहरका ठूल्ठूला २० वटाजति महलहरू देखाईसकेका थिए, अहिले अर्काको घर आगो झोसिरहेका छन् । अरू नेताहरूको सवालमा पनि कुरा यस्तै नै हुन्, बैरिहरूले दुस्प्रचार गरेर जनताको दिमाग भुटेर उपयोग गरेका मात्र हुन् । समाजका विभिन्न ओहोदा र राजनीतिक हैसियतमा रहेकाहरू पनि त्यही बजार प्रचार कार्यमा छन् । जनताका बैरिहरूको प्रचारको भ्रममा नपरौं

प्रतिक्रिया
सम्बन्धित समाचार