आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

क्षति विशाल भए पनि पुनः उठ्ने अठोट बलियो भएको भाटभटेनी सुपरमार्केटको भनाई

शुक्रबार, भाद्र २७ २०८२

काठमाडौं । भाटभटेनी सुपरमार्केटले पछिल्ला घटनाबाट भोगेको क्षति विशाल भए पनि पुनः उठ्ने अठोट अझ बलियो भएको जनाएको छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा भाटभटेनीले ग्राहक र शुभेच्छुकहरूको समर्थन नै आफ्ना लागि ठूलो शक्ति बनेको उल्लेख गरेको छ।

सन्देशमा भनिएको छ, “विनाशले हाम्रो परिवारलाई ठूलो आघात पुर्‍याएको छ तर हाम्रो उठ्ने संकल्प अझ मजबुत बनेको छ। तिमीहरूको हरेक शब्द, हरेक सहयोगी हातले हामीलाई अगाडि बढ्ने ऊर्जा दिएको छ।” कम्पनीले आफ्नो सम्पूर्ण स्टोरमा भएको क्षति उल्लेख गर्दै अब पुनर्निर्माणको बाटोमा लाग्ने स्पष्ट संकेत गरेको छ।

भाटभटेनीले हजारौं सहयोगी हातहरू सफाइ र व्यवस्थापनमा लागिपरेको जनाउँदै, आँसु पुछ्ने प्रयासहरूले आफूहरूलाई फेरि उठ्ने हिम्मत दिएको जनाएको छ। “आज पसल ध्वस्त भए पनि आशा हराएको छैन, तपाइँहरुको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं,” भनी सन्देशमा भनिएको छ।

कम्पनीले ग्राहक र शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै भविष्यलाई अझ उज्ज्वल बनाउन प्रतिबद्धता जनाएको छ। “भाटभटेनी पुनः उभिनेछ, र तिमीहरूको साथमा हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं,” कम्पनीले प्रष्ट पारेको छ।

यसरी, भाटभटेनीले आफ्नो पुनर्निर्माण यात्रामा ग्राहकहरूको निरन्तर सहयोग र विश्वासलाई आधार मानेर अगाडि बढ्ने संकेत दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार