मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

जेन जेड आन्दोलन, उपलब्धी र स्थायित्व

शुक्रबार, भाद्र २७ २०८२

कृष्णबहादुर बुढाथोकी

देश गम्भीर मोडमा पुगेको छ।अनयास २८ वर्षमुनिका युवाहरुले देशमा व्याप्त भ्रष्टाचार, दुराचार, स्वेच्छाचारी शासक, शासन प्रणाली र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरुद्ध भदौ २३ मा गरेको अन्दोलनमाथि सरकरले क्रुर दमन गरी विद्यालय पोशाकका बालबालिकाको निर्मम हत्या गरेपछि भदौ २४ गते देशभर विरोध प्रदर्शन भयो।आफ्ना साथीको निर्मम हत्याकोििवरुद्ध उत्रिएको ओली सरकार पतन भयो। देश सेनाको हातमा गयो। प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा संवोधन गरी देशको सुरक्षा जिम्मा लियो। जेन जेडलाई ठगी खाने समूहको संज्ञा दिइ आफू र आफ्नो समूहबाहेक अरूलाई रैती भन्ने एक कुख्यात तानाशाहको प्रवृतीलाई २४ घण्टमा सदाका लागि आर्यघाटको चितामा चढाउन सक्नु युवा महत्वपूर्ण उपलब्धी हो ।

सदियौंदेखि मुलायम गलैचामा बसेर पालैपालो स्वादिलो कवाफ हजाम गर्ने र केही आसेपासेलाई जुठोपुरोमा अल्मल्याउने कृतघ्नी शासक बस्ने अभेद्य किल्ला तोडेर युवा शक्तिको भरपुर प्रदर्शनले नौलो इतिहास कायम गरेको छ। नेपाली राजनीतिको इतिहासमा भएका कुनै पनि अन्दोलन र क्रान्तिले भेदन गर्न नसकेका अभेद्य किल्लाहरू सिंहदरबार, संसद भवन लगायतका शक्तिकेन्द्रमाथि खनिएका युवाहरूको जमातले स्वेच्छाचारी निरङ्कुश शासक कतै पनि सुरक्षित हुदैन भन्ने सवक सिकाएका छन् ।बन्दुकका गोलीलाई कलमको निपले परास्त गर्ने युवाहरूको यो शक्ति राष्ट्र निर्माणमा जुंट्न आवश्यक भइसकेको छ ।

इतिहास नै बदल्ने महासग्राम लड्ने तागत राख्ने यो पुस्ता नेपालकै महान र परिवर्तनकारी कित्तामा सुनौलो अक्षरले नाम लेखाउन चुक्ला कि भन्ने आशङ्काको बादल मडारिन थालेको छ। थाकेपाकेका वृद्धहरूले देशमा अचाक्ली अन्याय गरे युगको अवश्यकता र युथको मर्म बुझेनन्, परिवारवाद र परिवारवादमा अल्झिए, भूमाफिया र कमिसनखोरको फेर समातेर जनमतको अपमान गरेको महसुस गरी अबको पालो युवाको भनेर सडकमा परिआए मर्न मार्न तयार भएर दर्जनौं नाबालक विद्यार्थीले रगत बगाए र आफूलाई निर्विकल्प वादशाह घोषणा गरेर आततायी शासन चलाउने निरङ्कुश दानवी शासकलाई घुँडा टेकाउन सफल यो पुस्ताले अहिले आफूहरूमध्येबाट नेतृत्व चयन गर्न नसक्नु लज्जको कुरा हो।अहिलेको विकल्प जेन जेड समूहबाहेक अर्को हुनैसक्दैन।पर्दामा बालेन, हर्क, सुशिला उभ्याउनु महाभूल हो।ूजसको नीति उसकै नेतृत्वू हुनसकेन भने आन्दोलनले सिर्जना गरेका सकारात्मक पक्ष ओझेलमा पर्ने तथ्य सर्वविदितै छ।

कुनै समय देश द्वन्द्वमा फसेको थियो। द्वन्द्वको अगुवाइ तत्काली नेकपा (माओवादी) ले गरेको थियो। अन्तमा सामन्ती राज्य सत्ताले हार खायो। सबै खाले विभेद अन्त्य गर्ने गरी समानुपातिक प्रतिनिधित्व हुने समावेशी लोकतान्त्रिक मर्मको संविधान लेखियो। नीति माओवादीको भएपनि नेपाली जनताले नेतृत्व गर्ने जनादेश अन्य दलका पोल्टामा सुम्पिए। नीति बनाउने र नेतृत्व गर्ने पात्र फरक भएकाले संविधान र कानुनको पालनामा बेइमानी गरियो। जसको परिणाम मुलुकले यो रक्तपातपूर्ण अवस्थाको सामना गर्नु परेको छ भने विश्व सम्पदा सूचीमा रहेका अनगिन्ती सम्पदा खरानीमा परिणत भएका छन्।यो अन्दोलनले पूरातात्विक सम्पदा मात्र नष्ट गरेन मुलुकलाई पनि कैयौं गुना पछाडि धकेलेको छ। २०३०सालमा यही सिंहदरबार जलाएर ल्याएको व्यवस्था सायद ५२ वर्षमा त्यही सिंहदरबार जलाएर फाल्न तयार हुन परेको छ। यसबिचमा धेरै अन्दोलन र क्रान्ति भए। निकै जनधनको विनास भयो। तापनि स्थायी शान्तिको संघार टेक्न सकेन ।

हेक्का रहोस् जेन जेडहरू आफैंले सहमतिमा नेतृत्व छनोट गरी आफ्नो नीति लागू गर्न नसक्ने हो भने अहिले निरिह भएर मुर्दा शान्तीमा बसेका हिजोका भ्रष्टचारी, दलाल र देशद्रोहीहरूले तपाइँहरूमाथि नै हमला गर्न र तपाइँहरूले रगतमा साटेका महङ्गा उपलब्धी दुरुपयोग हुने सम्भावना प्रवल छ।तपाइँहरूको आपसी मतभेदले देशमा थप विनास निम्त्याउन सक्छ।यो उपलब्धीलाई नामेट पार्न हिजोका कालाबजारी, भ्रष्टाचारी, माफियाका सेवकहरूले घुसपैठ गरी वदनाम गराउने सम्भावना रहेको छ।आफ्नो नीतिलाई अक्षरसस् लागू गर्न र सम्भावित प्रतिक्रान्ति निस्तेज बनाउन नेतृत्व लिन विलम्ब गर्नु घातक हुने निश्चित छ ।

जेन जेड अन्दोलनले नेपाली राजनीतिका लाखौं बन्द ढोका खोलेको छ। यो अमूल्य र सुनौलो अवसरलाई उपयोग गर्न बुरकिनाफासोका इब्राहिम ट्राउरे बन्नसक्नु पर्छ। मुलुकलाई स्थायी शान्ति दिनका लागि संविधानमा रहेका अपुरा वाक्याङ्श पूरा गर्न चुक्नु हुदैन ।बन्द रहेका भ्रष्चारका फायल खोलेर दोषीलाई दण्ड दिन र निर्दोषलाई न्याय दिन, संविधामा पोतिएका मौलिक हक र तिनको समान उपयोगको अवसर प्रदान गरी समतामूलक समाजको निर्माण गर्न, शक्तिको अडमा हुने कानुनी दुरुपयोग निरुत्साहित गरी न्यायमा समान पहुँच विस्तार गर्न पुरानो पुस्ता चुकेको हुँदा हरेक दसक नेपालमा विध्वङ्सात्मक आन्दोलन र मारपिटको अवस्थाले नेपाल र नेपालीलाई आक्रान्त बनाएको साथै अशान्ति, अपराध र दुराचार बढेको तथ्य नकार्न सकिंदैन।पुराना पुस्ताले गरेका कमिकमजोरिबाट सवक सिकेर नयाँ पुस्ताले देश हाँक्ने आँट गर्नु पर्छ।कसैंको उक्साहटमा नलागी नयाँ पुस्ताले स्वतस्स्फुर्त स्थायी शान्तिको पक्ष र राजनीतिक वेथितिको विरुद्ध रगत बगाएको हो भन्ने प्रमाणित गर्न पनि यो पुस्ताले सत्ता सम्हाल्न अलमल गर्नु प्रतिउपादक हुने कुरा निर्विवाद छ।

युवाहरुले जिम्मेवारीबाट तर्केर पुनस् बुढा पुरानाहरूलाई नै सत्ताको वागडोर जिम्मा लगाएर नेपाली जनताको सपनामा तुषारापात गरे २४ घण्टामा चुलिएको विश्वासको पहाड २४ मिनेटमा खरानी हुन बेर लाग्दैन।तसर्थ युवा जोसलाई होसको लिकमा राखेर गन्तव्यको साँगुरो गल्ली कटाउने आँट गरे इतिहासमा कालो पोतिने छैन ।युवाको भरसले निरङकुशताको अततायी अँध्यारो हटेर नयाँ बिहानी आउँने छ ।

खोटाङ

प्रतिक्रिया
सम्बन्धित समाचार