सोमबार, असोज ५ २०८३

सोमबार, असोज ५ २०८३

नख्खु कारागारबाट भागेका सञ्जय साह (टकला) पक्राउ

बिहिबार, भाद्र २६ २०८२

काठमाडौं । नख्खु कारागारबाट भागेका सञ्जय साह (टकला) पक्राउ परेका छन्।

उनलाई बिहीबार काभ्रेको मंगलटारमा इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका टकलालाई काठमाडौं प्रहरीसँग समन्वयन गरेर पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय इन्स्पेक्टर दिनेशबहादुर कुँवरले जानकारी दिए।

‘नख्खु जेलबाट भागेका १७ जना र सिन्धुलीबाट भागेका २ जनालाई पक्राउ गरेका छौं,’ इन्स्पेक्टर कुँवरले भने। पूर्वराज्यमन्त्री टकला जनकपुर बम काण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय काटिरहेका थिए।

तत्कालीन अवस्थामा मधेसी जनअधिकार फोरम र सद्भावना पार्टीका सांसद रहेका टकलामाथि जनकपुरकै मिडिया उद्यमी अरूण सिंहानियाको हत्याको आरोप पनि छ।

उनी बुधबार प्रदर्शनकारीले कारागारमा तोडफोड गर्न थालेपछि कारागारबाट भागेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार