आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कुलमान घिसिङलाई प्रधानमन्त्री मान्न जेनजी युवाहरु तयार

बिहिबार, भाद्र २६ २०८२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रधानमन्त्री मान्न जेनजी युवाहरु तयार भएका छन् ।

बुधबार जेनजीसँग भएको भेटमा अन्तरिम सरकारको प्रधानमन्त्री घिसिङलाई मान्न जेनजी समूह तयार भएको स्रोतले बतायो ।

स्रोतका अनुसार उनलाई जेनजी समूहबाट प्रधानमन्त्रीको अफर आएको थियो । उक्त छलफलमा जनता र जेनजीको साथ र समर्थन भए आफू पछि नहट्ने घिसिङले बताएको बुझिएको छ ।

नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले गरेको कामका कारण जनतामा उनी अत्याधिक लोकप्रिय छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार