आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

जेनजी पुस्तालाई बालेन साहले भने : सेना प्रमुखसँग वार्ताका लागि तयार रहनुपर्छ, वार्ता गर्नु अघि संसद् विघटन हुनुपर्छ

मंगलबार, भाद्र २४ २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हालको आन्दोलनलाई जेनजी अर्थात् नयाँ पुस्ताको आन्दोलन भएको बताएका छन्।

उनले सरकारप्रमुखको राजीनामा आइसकेको जनाउँदै अब संयम अपनाउनुपर्ने आग्रह गरेका छन्। उनले सेना प्रमुखसँग वार्ताका लागि तयार रहन आग्रह गरे पनि स्पष्ट रूपमा एक सर्त राख्दै भनेका छन्, ‘वार्ता गर्नु अघि संसद् विघटन भएको हुनुपर्छ।’

उनले जनधनको क्षति रोक्नुपर्नेमा जोड दिँदै भने, ‘देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो। तपाईं–हामी अब संयमित हुनु जरुरी छ।’ बालेनले अब देशको नेतृत्वको जिम्मेवारी नयाँ पुस्ताले लिनुपर्ने समय आएको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार