सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर घाइते भएका एक जना जेएनजी प्रदर्शनकारीको मृत्यु, दर्जनौँ घाइते उपचाररत

सोमबार, भाद्र २३ २०८२

काठमाडौं । जेएनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेहरु उपचाररत छन् ।

उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार