आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, थाइल्याण्डको ११ औं महाधिवेशन सम्पन्न

शुक्रबार, भाद्र २० २०८२

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, थाइल्याण्डको ११ औं महाधिवेशन थाइल्याण्डस्थित पिकनिक होटलमा भव्यताकासाथ नेपाली समाज थाइल्याण्डका सम्मानित व्यक्तित्व डेविट खनालको सभापत्विमा सम्पन्न भएको छ ।

कार्यक्रम संयोजक सञ्जय ढकालको संयोजकत्वमा भएको उक्त कार्यक्रममा विभिन्न संघ संस्थाहरु डिआरसी प्रतिनिधि लोकेन्द्र वली, आईसीसी प्रतिनिधि विप्लव बराल, थाइ नेपाली संघ केन्द्रका अध्यक्ष लक्ष्मण के.सी., उपाध्यक्ष विनोद लामिछाने, महासचिव शेखर खतिवडा, UNPKFC President Dr. Aphinita Chaichana and Team, UN प्रतिनिधित्व, Nepal Airlines, AIT का प्रोफेसरहरु, नेपालबाट आएका कलाकार र पत्रकारहरुको सहभागीता रहेको थियो ।

उक्त महाधिवेशनले नव निर्वाचित कार्यकारिणीहरु चयन गरेको छ  ।

आईसीसी सदस्यमा सुविन्द्र कुमार राई, अध्यक्षमा सञ्जय ढकाल, उपाध्यक्षहरुमा मदनराज अधिकारी (वरिष्ठ), अरुणराज भट्टराई, दिनेश बुढाथोकी, सुमन अधिकारी, सरोज खनाल, ओम प्रकाश न्यौपाने र श्रीमती मिना थापा रहेका छन् ।

त्यसैगरी महासचिवमा सुरज भण्डारी, सचिवमा डा. निशान्त शर्मा र प्रेमकुमार अधिकारी, कोषध्यक्षमा सुरेश ढकाल, सह-कोषध्यक्षमा पदमलाल काफ्ले, युवा संयोजकमा आयुष सापकोटा, महिला संयोजकमा  दिपा राना चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा हिराकाजी श्रेष्ठ, प्रताप कार्की, हेमलाल खनाल, कृष्ण प्रसाद खरेल (सिआरसीसी), मोहन गौतम (एसआरसीसी) चयन भए । विषेश सल्लाहकारमा डेभिड खनाल, मुख्य सल्लाहकारमा तारामान राई चुनिँदा प्रवक्ताको जिम्मेवारी अकल थापा मगरले प्राप्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार