शुक्रबार, भाद्र २० २०८२
काठमाडौं(जस)–नेपाल कम्युनिष्ट पार्टी (एमाले)को विचार दस्तावेजमाथि छलफल गर्न आजदेखि ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन सुरु हुँदैछ । महाधिवेशनका प्रतिनिधिले शुक्रबारदेखि तीन दिनसम्म पार्टीको आन्तरिक जीवनबारे बृहत् छलफल गर्नेछन् । सो छलफल गर्न देशभरिका महाधिवेशनका प्रतिनिधि काठमाडौँ आएका छन् । एमालेको विधान २०४९ (दशौँ राष्ट्रिय महाधिवेशन २०७८ संशोधनसहित) को धारा–१५ मा विधान महाधिवेशनको व्यवस्था गरिएको छ । उक्त धारामा विधान महाधिवेशन केन्द्रीय कमिटीले दुई राष्ट्रिय महाधिवेशनकाबीचमा विधान महाधिवेशन आयोजना गर्ने उल्लेख गरिएको छ ।
विधानअनुसार विधान महाधिवेशनले महाधिवेशन सञ्चालन गर्न आवश्यक संरचना गठन गर्ने, केन्द्रीय कमिटीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोगका प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने उल्लेख छ । एमाले महासचिव शङ्कर पोखरेलले महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने बताए । “यो महाधिवेशनले पार्टीको विचारमाथि छलफल गर्नेछ”, उनले भने, “राष्ट्रिय महाधिवेशनले नेतृत्वमाथि छलफल गर्छ ।” एमालेले नवौ राष्ट्रिय महाधिवेशनपछि गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा पनि यसअघि नै विधान महाधिवेशन आयोजना गरेको थियो । यो महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कूल दुई हजार ३४१ जनाको सहभागी हुनेछन् ।
महाधिवेशन जानेबाटो सातदोबाटोदेखि गोदावरीसम्म जाने बाटो झकिझकाउ बनाएको छ । उक्त सडकखण्डमा करिब १८ वटा झकिझकाउ स्वागतद्वार निर्माण गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । दायाँबायाँ बिजुलीका खम्बामा नेकपा ९एमाले०को हसिया हथौडा र चुनाव चिन्ह सूर्य ध्वजावाहक झण्डाले सिँगारिएका छन् । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सुरु हुने नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनस्थल गोदावरी सनराइज सभाहललाई सिँगारिएको छ । पार्टीको पाँचौं महाधिवेशनदेखि बाँस, काठ, हस्तलिखित ब्यानरबाट मञ्च, स्वागतद्वार निर्माण गर्दै आएका पार्टी स्थायी कमिटी सदस्य विनोद श्रेष्ठ यतिखेर सनराइज सम्मेलनलाई डिजिटल सिस्टममा जोडिएको बताए । सनराइज सम्मेलन केन्द्रभित्र छिर्ने चार वटा प्रवेशद्वार छन् । पहिलो द्वारबाट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै प्रवेश गर्नेछन् । अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रतिनिधिसँगै प्रवेश गर्नेछन् ।
भित्र प्रवेश गर्नका लागि परिचय स्क्यान गर्नुपर्नेछ । यसका लागि छ वटा कम्प्युटरका बुथ रहनेछन् । त्यही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकले प्रवेश पाउनेछन् । मूल प्रवेश द्वारबाट प्रवेश गर्दा हलको छतबाट पार्टी र चुनाव चिन्ह सूर्य अङ्कित झण्डा लहरै फहराएका हुनेछन् । हलको भित्तामा महाधिवेशनको लोगो, नेकपा (एमाले) र अङ्ग्रेजीमा ‘सिपिएन युएमल’ले स्वागत गरिएको छ । पानी फोहोराका साना पोखरीमा सेता हाँसका जोडी खेलेको पनि देख्न पाइनेछ । साथै नेकपाका संस्थापक महासचिव पुष्पलाल, पूर्वमहासचिव मदन भण्डारी र पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको पूर्णकदको तस्बिर राखिएको छ । पश्चिमतिर कार्लमाक्र्स, एङ्ल्स र लेनिनको पूर्ण कदसहित तस्बिर राखिएको छ । मञ्चमा १८ जना पदाधिकारीहरु मात्रै बस्नेछन् । मञ्चमा दुई खण्ड बनाइएको छ । अघिल्लो खण्डमा अध्यक्ष ओली बस्नुहुनेछ अन्य पदाधिकारीहरु पछिल्लो खण्डमा मर्यादाअनुसार बस्ने व्यवस्था मिलाइएको छ ।महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
त्यसैगरी, केन्द्रीय अनुशासन आयोगकातर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगकातर्फबाट अध्यक्ष डा पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।महाधिवेशन पहिलो दिन प्रतिवेदनमाथिको छलफलका लागि १० समूहमा विभाजन गरी छलफल गराइने एमाले प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि सातदोबाटो चोकबाट महाधिवेशनस्थलसम्म यातायातको व्यवस्था गरिएको छ ।
विधान महाविधेशनको कार्यतालिका स्वीकृत
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दोस्रो विधान महाविधेशनको कार्यतालिका स्वीकृत गरेको छ । ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यलयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आजको केन्द्रीय सचिवालय बैठकले भोलिदेखि सुरु हुने पार्टीको महाधिवेशनको कार्यकालिका स्वीकृत गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । कार्यतालिकाअनुसार ४० मिनेटको उद्घाटन सत्रपछि महाधिवेशन भोलि नै दस्तावेज प्रस्तुतिकरणमा केन्द्रित हुने निर्णय गरेको छ । बैठकले महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको छ ।
बैठकले स्थायी कमिटी सदस्य कर्ण थापाको असहमति दस्तावेज पनि प्रस्तुत गरिने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । नेता थापाले आज पार्टी कार्यालयमा फरक मतको दस्तावेज दर्ता गराउनु भएको छ । उपमहासचिव ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारीको सदस्यताको विषय महाधिवेशनमा नल्याउन सबैलाई आग्रह गर्नुभयो । “पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका सदस्यताका सम्बन्धमा कर्ण थापाले फरक मतमा के कुरा ल्याउनहुन्छ त्यो वेग्लै कुरा हो,” उहाँले भन्नुभयो, “पूर्वराष्ट्रपतिको जुन व्यक्तित्व र योगदानका विषय महाधिवेशको विषय नबनोस भन्ने हाम्रो आग्रह छ ।” त्यसैगरी बैठकले केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको एमाले उपमहासचिव ज्ञवालीले बताउनुभयो ।
उहाँले महाधिवेशनको दोस्रो दिन भदौ २१ गते प्रस्तुत गरिएको दस्तावेजको १० वटा समूह बनाई छलफल गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार भदौ २२ गते समूहबाट आएका सुझावलाई प्रस्तुतिकरण गर्ने र सुझावमाथि प्रतिउत्तर दिने कार्यतालिका छ ।
यस्तै सोही दिन नै केन्द्रीय निर्वाचन आयोगका निर्वाचन गर्ने र समसामयिक प्रस्तावसहित महाधिवेशनको समापन गर्ने कार्यतालिका रहेको उहाँले जानकारी दिनुभयो । बैठकमा सचिवालयका सदस्यले पछिल्लो समसामायिक विषयमा पनि छलफल गरेको जानकारी दिनुभयो । “जे विषय महाधिवेशनसँग सम्बन्धित छन्, ती विषयमात्र महाधिवेशनमा छलफल हुनेछन् । जुन विषय केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी बैठकसँग सम्बन्धित रहेका एजेण्डा छन् ति विषयलाई सोही कमिटीमा छलफल गरिने छ,” उहाँले भन्नुभयो ।एमालकोे विधान महाधिवेशन ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित यही भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुर, गोदावरीस्थित सनराइज हलमा हुँदैछ । महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जनाको सहभागी हुनेछन् ।
विचार दस्तावेजमाथि छलफल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को विचार दस्तावेजमाथि छलफल गर्न ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन सुरु हुँदैछ । महाधिवेशनका प्रतिनिधिले शुक्रबारदेखि तीन दिनसम्म पार्टीको आन्तरिक जीवनबारे बृहत् छलफल गर्नेछन् । सो छलफल गर्न देशभरिका महाधिवेशनका प्रतिनिधि काठमाडौँ आउनेक्रम जारी छ ।
एमालेको विधान २०४९ (दशौँ राष्ट्रिय महाधिवेशन २०७८ संशोधनसहित) को धारा–१५ मा विधान महाधिवेशनको व्यवस्था गरिएको छ । उक्त धारामा विधान महाधिवेशन केन्द्रीय कमिटीले दुई राष्ट्रिय महाधिवेशनकाबीचमा विधान महाधिवेशन आयोजना गर्ने उल्लेख गरिएको छ ।
विधानअनुसार विधान महाधिवेशनले महाधिवेशन सञ्चालन गर्न आवश्यक संरचना गठन गर्ने, केन्द्रीय कमिटीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोगका प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने उल्लेख छ ।
एमाले महासचिव शङ्कर पोखरेलले महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने बताउनुभयो । “यो महाधिवेशनले पार्टीको विचारमाथि छलफल गर्नेछ”, उहाँले भन्नुभयो, “राष्ट्रिय महाधिवेशनले नेतृत्वमाथि छलफल गर्छ ।”
एमालेले नवौ राष्ट्रिय महाधिवेशनपछि गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा पनि यसअघि नै विधान महाधिवेशन आयोजना गरेको थियो । यो महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कूल दुई हजार ३४१ जनाको सहभागी हुनेछन् ।
महाधिवेशन जानेबाटो सातदोबाटोदेखि गोदावरीसम्म जाने बाटो झकिझकाउ बनाएको छ । उक्त सडकखण्डमा करिब १८ वटा झकिझकाउ स्वागतद्वार निर्माण गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । दायाँबायाँ बिजुलीका खम्बामा नेकपा (एमाले)को हसिया हथौडा र चुनाव चिन्ह सूर्य ध्वजावाहक झण्डाले सिँगारिएका छन् ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सुरु हुने नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनस्थल गोदावरी सनराइज सभाहललाई सिँगारिएको छ ।
पार्टीको पाँचाँै महाधिवेशनदेखि बाँस, काठ, हस्तलिखित ब्यानरबाट मञ्च, स्वागतद्वार निर्माण गर्दै आएका पार्टी स्थायी कमिटी सदस्य विनोद श्रेष्ठ यतिखेर सनराइज सम्मेलनलाई डिजिटल सिस्टममा जोडिएको बताउनुभयो ।
सनराइज सम्मेलन केन्द्रभित्र छिर्ने चार वटा प्रवेश द्वार छन् । पहिलो द्वारबाट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै प्रवेश गर्नुहुनेछ । अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रतिनिधिसँगै प्रवेश गर्नेछन् ।
भित्र प्रवेश गर्नका लागि परिचय स्क्यान गर्नुपर्नेछ । यसका लागि छ वटा कम्प्युटरका बुथ रहनेछन् । त्यही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकले प्रवेश पाउनेछन् । मूल प्रवेश द्वारबाट प्रवेश गर्दा हलको छतबाट पार्टी र चुनाव चिन्ह सूर्य अङ्कित झण्डा लहरै फहराएका हुनेछन् ।
हलको भित्तामा महाधिवेशनको लोगो, नेकपा (एमाले) र अङ्ग्रेजीमा ‘सिपिएन युएमल’ले स्वागत गरिएको छ । पानी फोहोराका साना पोखरीमा सेता हाँसका जोडी खेलेको पनि देख्न पाइनेछ । साथै नेकपाका संस्थापक महासचिव पुष्पलाल, पूर्वमहासचिव मदन भण्डारी र पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको पूर्णकदको तस्बिर राखिएको छ । पश्चिमतिर कार्लमाक्र्स, एङ्ल्स र लेनिनको पूर्ण कदसहित तस्बिर राखिएको छ ।
मञ्चमा १८ जना पदाधिकारीहरु मात्रै बस्नेछन् । मञ्चमा दुई खण्ड बनाइएको छ । अघिल्लो खण्डमा अध्यक्ष ओली बस्नुहुनेछ अन्य पदाधिकारीहरु पछिल्लो खण्डमा मर्यादाअनुसार बस्ने व्यवस्था मिलाइएको छ ।
महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।
त्यसैगरी, केन्द्रीय अनुशासन आयोगकातर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगकातर्फबाट अध्यक्ष डा पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।
महाधिवेशन पहिलो दिन प्रतिवेदनमाथिको छलफलका लागि १० समूहमा विभाजन गरी छलफल गराइने एमाले प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि सातदोबाटो चोकबाट महाधिवेशनस्थलसम्म यातायातको व्यवस्था गरिएको छ ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij