आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

पिंक डायमन्ड’ र हाम्रो भेदभावपुर्ण न्याय

निश्चल दाहाल

आइतबार, भाद्र ८ २०८२

जन्म नेपाल! कहिल्यै मनबाट हराउदैन त्यस्तै कर्मभुमी युएइ जसले जीवन जिउन सिकायो अभाव कम गर्ने शिक्षा दियो, यसबाट धेरै कुरा बुझ्न पाइयो। खैर मनमा कता कता तुलना त भइ हाल्ने, काश मेरो जन्मदेश पनि कर्मको देश झै भइदिए? ईतिहास कोट्याएर हेर्दा, पुराना डकुमेन्ट्री हरु हेर्दा ६०/६५ बर्ष अघिको तुलनामा कता कता हाम्रो दुई देशबीच धेरै समानता बिकासको कुरामा देखिए पनि; प्राकृतिक श्रोत साधनमा हाम्रो नेपाल बास्तवमा नै आशीर्वाद पाएको देश थियो र छ l तर आजको समृद्धि र बिकासमा हामी पछि धकेलिदै छौ अत: युएइले कहाँ छोड्यो छोड्यो हामिलाइ। देश बिकासको एक प्रमुख कारण सुरक्षा प्रत्याभूत गर्ने कानुन र न्याय हो जसमा नेपाल चुक्यो त?

दुबईमा हालै भएको ‘पिंक डायमन्ड अपरेसन’  विश्वभर चर्चामा छ, यसले धेरै पाठ सिकाएको छ। २१ क्यारेटको गुलाबी हिरा, करिब २५ मिलियन अमेरिकी डलर मूल्य, र एक वर्षदेखि योजना बनाइरहेको चोरी प्रयास। घटनाको बस्तुस्थिती यस्तो छ! एशियाली तीन व्यक्तिले नक्कली परिचयपत्र बनाए, महँगो गाडी भाडामा लिए, पाँचतारे होटलमा बसे, र आफूलाई ‘रत्न विज्ञ’ देखाएर व्यापारीलाई विश्वास दिलाए।

व्यापारीलाई आफ्नो सुरक्षित स्थानबाट हीरा निकाल्न बाध्य पारिएको थियो, ठगिको प्रस्तुती बाट। ठगहरुले निजी भिल्लामा हीरा निरीक्षण गर्न लगेका थिए। त्यही ठाउँमा अपराधीहरूले हीरा कब्जा गर्ने योजना बनाएका थिए। तर दुबई प्रहरीले घटनाको रिपोर्ट प्राप्त भएको आठ घण्टाभित्र अपराधीलाई ट्र्याक गरी फरक फरक स्थानबाट पक्राउ गर्‍यो। चोरी गरिएको हीरा सानो फ्रिजभित्र लुकाइएको फेला पर्‍यो, जुन अपराधीहरूले अस्थायी रूपमा राखेर एशियाको कुनै देशमा तस्करी गर्ने योजना बनाएका थिए। झन्डै लुटिएका ती व्यापारीले भने, राति फोन गरेको केही मिनेटमा नै प्रहरी आए घटना बिवरण बुझे, भोलीपल्ट बिहानै प्रहरिको फोन आयो र ठगहरु पक्राउ परि हिरा पाइएको बताए।”

यो घटनाबाट दुबइले संदेश दियो कि घटना घट्छ, अपराध हुन्छ तर उम्कन असहज छ। प्रविधि, तत्परता र व्यावसायिक दक्षता मिलेर मात्र यस्तो सफलता सम्भव भएको कुरा नकार्न नै सकिन्न।

तर मेरो प्यारो जन्मदेश नेपालमा भने सर्लक्कै कथा उल्टो छ। यहाँ ठूला ठगी र अपराध हरुले त पीडितको घाउमा नुन छर्किएझैँ हुन्छ, कानुनी हिसाबमा। पैसा, पहुँच र राजनीतिले अपराधीलाई ढाक्छ, न्याय प्राय एकादेशको कथा मै सिमित छ।

सहकारी पीडित एक महिला काठमाडौंमा रोएको टिभिमा हेरियी, हामिले पसिनाको पैसा सहकारिमा हाल्यौ, नेताले छोरा छोरी पढाउन लुटे, सुन्ने कोहि छैन !
बहु चर्चित भुटानी शरणार्थी प्रकरणमा गाउँको एक बुबाले भनेका थिए, अमेरिका पुर्याउछ भनेर सबै बेचियो अब त न लाउने न खाने।  यो प्रकरण सेलायो। अझ थप्दै जादा सुन तस्करीमा नाम जोडिएका मन्त्रीहरू अझै मन्त्रिपरिषद्को टेबलमा निर्णय गर्दैछन्, तर ६० किलो सुन तस्करीमा पक्राउ परेका ठूला माछा अदालतमै हराएका छन्।

दुबईमा प्रहरीको तत्परता व्यापारीलाई ढुक्क बनायो, नेपालमा पीडितलाई प्रहरी र अदालतले “अलि पर्ख” मात्रै भन्यो। दुबईमा प्रविधि र इच्छाशक्ति मिलेर अपराधी झन्डै तुरुन्तै समातिन्छन्, नेपालमा प्रविधि छ तर इच्छाशक्ति सत्ता सिन्धुको भित्तामा नै हराउँछ।

चर्चित केही हाम्रा देशका काण्डहरु।

भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणदेखि टोपबहादुर रायमाझीसम्मको नाम जोडियो, ठगि काण्डहरुमा  विष्णुप्रसाद पौडेलको परिवारदेखि रामकुमारी झाँक्रीसम्मको नाम न आएको हैन। सुन तस्करीमा उच्च पदस्थ प्रहरी र मन्त्रीहरूको नाम नै आएको थियो। जनयुद्ध त मानौ तर यसमा द्वन्द्वकालीन अपराध पनि त थिए जस्को न्याय पाएका छैनन पिडित हरुले। बिस्थापित घर, परिवारको मलामिको चोट, सिन्दुर पुछिएका निधार , यिनिहरुले न्याय पाएका छैनन।
सहकारी ठगी, बैंकिङ ठगी र भूमाफियाद्वारा जग्गा हिनामिनाका घटनै घटना छन तर प्रष्ट देखिन्छ कि राजनीतिक पहुँचको संरक्षण।  लाखौँ सर्वसाधारणको पैसा हरायो, ठूला नेतासम्मको नाम सार्वजनिक भए पनि अपराधी अदालतमै हराइरहे, अदालतको चार भित्ता भित्र न्याय रुमल्लिरहेको छ।

समग्र झन्डै करोड माथिको जनसंख्या भएको युएइमा इमरातिहरु ( लोकल) १०/१२ प्रतिशत मात्र छन बाकी झन्डै ९० प्रतिशत आप्रवासी छन, जस्ले युएइको बस्तुस्थिती नै बदले। कारण खोज्न धेरै पर जान नै पर्दैन, न्याय र कानुन भएको देश, सुरक्षा को पुर्ण प्रत्याभुती भएको देश। हामी अझ प्रकृतिले आशिर्वाद दिएको देश, सम्भावनाको सिमा माथी भएको देश तर राजनितिक गतिरोध, स्वार्थ ले निम्त्याएको कानुन बिहिनता र न्याय हराएको अवस्था साथै असुरक्षाले देश बन्न सकेको छैन र बन्ला भन्ने अवस्था पनि छैन।

लज्जाको बिषय त यहाँ छ, नेपालमा बिरलै नेता होलान जो युएइ न आएको हुन, यहाँ रहेका नेपालका राजनितिक दलका भात्री संगठनको निम्तोमा होस या संस्थाहरुको कार्यक्रममा आथित्य लिन। तर प्रश्न यो छ, यहाँ आएर , घुमेर , देखेर ती नेताहरुले के बुझ्छन? किन आउदैन घैटोमा घाम कि हामी नेपाललाइ यस्तो बनाउ भन्ने?

दुबईको ‘पिंक डायमन्ड’ प्रकरण हामीलाई एउटा ऐना नै भएको  जस्तो छ। त्यस ऐनामा हामी आफ्नो देश देख्छौं तर त्यहा अपराधी हाँस्दै हिँड्छ, पीडित कराउँदै हिँड्छ।
नेपालले सिक्नुपर्ने कुरा स्पष्ट छ, न्याय ढिलो गर्नु भनेको न्याय अस्वीकार गर्नु हो ( justice delayed is justice unserved)। दुबईले देखाएको गती, पेशागत दक्षता र उत्तरदायित्व अपनाउन सके मात्र ठगी र अपराधको संस्कृतिबाट हामी मुक्त हुन सक्छौं।
अन्ततः प्रश्न एउटै छ नेपालमा कहिल्यै यस्तो दिन आउला त , जसले पीडितलाई भोलिपल्टै भन्न सकियोस्, यो यस्तो देशहो जहाँ न्याय नपाए गोर्खा जानू भनिन्थ्यो भने, अब, बिश्वमा जहि बसेर भन, न्याय नपाए नेपाल जानू।

प्रतिक्रिया
सम्बन्धित समाचार