आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कुवेतमा मेथानोल प्रयोग गरि सयौंको संख्यामा ज्यान गुमाउने रक्सी उत्पादकहरु पक्राउ

मंगलबार, भाद्र ३ २०८२

काठमाडौँ । कुवेत सरकारले पछिल्लो समय सयौंको संख्यामा ज्यान जाने किसिमले मेथानोल जस्तो अत्यन्तै प्रज्ज्वालनसिल केमिकल प्रयोग गरि मदिरा उत्पादन गर्ने गिरोहलाइ पक्राउ गरेको छ। जसमा नेपालिहरुको मुख्य भुमिका रहेको बताइएको छ। कुवेतको राष्ट्रिय सञ्चार माध्यम अरव टाइम्सका अनुसार गत शुक्रवार साल्मिया एरियाबाट यस्तो मदिरा (रक्सी) उत्पादन गर्ने समुहका नाइके भुवन लाल तामाङलाई पक्राउ गरिएको थियो। त्यसपछी सोधपुछ तथा अनुसन्धान पछि थपमा नारायण प्रसाद बस्याल, र विशाल धन्याल चौहान भारतिय नागरिकलाइ पक्राउ गरिएको छ।
पछिल्लो करिव दुई हप्तामा यति नै भन्ने सङ्ख्या यकिन नभए पनि दुई दर्जन भन्दा बढी नेपालीहरुले यहि मेथानोल मिसावट भएको रक्सिका कारण ज्यान गुमाइसकेका छन भने ५ दर्जन भन्दा बढी विभिन्न हस्पिटलका ICU र नर्मल वार्डमा उपचार गराइरहेका छन। उपचाररत धेरैको अवस्था गम्भीर रहेको र दिननुदिन मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ।
यस्तो विषादियुक्त रक्सी पिएर बिरामी भएका नेपालिहरु मध्य केही नेपालिहरु डिस्चार्ज पनि भएका छन। तर उनिहरुलाइ डिस्चार्ज पछि कुवेत पुलिसले नियन्त्रणमा लिएका छन। अपुष्ट जानकारी पाए अनुसार रक्सी पिएर बिरामी भएकाहरुलाइ कुवेत सरकारले देश निकाला (डिपोर्ट) गरि आ-आफ्नो देश पठाइनेछ।
रोजगारिको एउटा राम्रो र आकर्षक गन्तव्यको रुपमा पहिचान बनेको कुवेतमा यतिबेला नेपालिहरुकै गलत र अवैधानिक कार्यले गर्दा बदनामी बनेको छ। करिव १ लाख ६० हजारको संख्यामा नेपालिहरुले कुवेतबाट रोजगारी पाइरहेका छन। तर पछिल्ला समय नेपालिहरु लागु औषध ओसारपसार तथा बेचविखान र मदिरा उत्पादन, वेचविखान तथा सेवनका कारण कुवेतको नजरमा बदनामी बन्दै आइरहेको छ। यस्तो कार्यले कामदारलाइ सजाय त हुन्छ नै, तर राष्ट्रको प्रतिष्ठामा समेत आँच पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार