आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

जनताको सुविधाको लागि गठन भएको मन्त्रालयहरुमा अनावश्यक रुपमा ढिलासुस्ती बढ्न थाल्यो : मन्त्री सिंह

सोमबार, भाद्र २ २०८२

काठमाडौं । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको सुविधाको लागि गठन भएको मन्त्रालयहरुमा अनावश्यक रुपमा ढिलासुस्ती बढ्न थालेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै उनले जनताको सेवा, सुविधाको लागि काम गर्न भनेर मन्त्रालयहरु गठन भएको भन्दै संस्थालाई अघि बढाउने काममा कमि कमजोरी र ढिला सुस्ती देखिएको बताए ।

उनले भने, ‘मैले के देखि रहेको छु भने संस्थालाई अघि बढाउने काममा तपाईहरुको कमि कमजोरी देखिएको छ । जनताको सेवा सुविधाको लागि काम गर्न भनेर त मन्त्रालयहरु गठन भएको, सेवामा नै अनावश्यक रुपमा ढिला सुस्ती गर्न थालेपछि गाह्रो हुने भयो नि, मैले देखे अनुसार प्रोजेक्टमा लिड गरिरहेकाहरुले सहि समयमा निर्णय गर्न सक्दैँनन् । ऐन, नियम र निर्देशिकाको आधारमा काम त गर्नुपर्यो नि ! तर यहाँ अलि ढिला गर्ने, आफूलाई केही फाइदा हुन्छ कि भनेर काम गर्ने प्रवृत्ति देखिएको छ ।’

यस्तै, उनले ३ वर्षमा सक्नु पर्ने कामलाई ६ वर्ष लगाउने भनेपछि यसले मन्त्रालयले काम नै नगरेको जस्तो देखाएको भन्दै सलाई सुधार गर्न नेपाल सरकारको कर्मचारी भएपछि आफ्नो जिम्मेवारी अनुसार ऐन कानूनलाई आधार मानेर काम गर्नुपर्ने बताए ।

उनले भने, ‘आफ्नो स्वार्थ मात्र हेरेर काम हुन्छ । कर्मचारीहरुले पूरा गर्नुपर्ने जिम्मेवारी त गर्नुपर्यो नि, विकाससँग सम्बन्धित मन्त्रालय भएको हुनाले सबैको आँखा यतै हुन्छ । ३ वर्षमा सक्नु पर्ने काम ६ वर्ष लाग्ने, २ वर्षमा सक्नु पर्ने ४ वर्ष लगाउने भनेपछि यसले मन्त्रालयले काम नै गर्दैन् रहेछ भन्ने पो देखियो त, यसलाई सुधार गर्न नेपाल सरकारको कर्मचारी भएपछि आफ्नो जिम्मेवारी अनुसार ऐन कानूनलाई आधार मानेर निर्णय गर्नुपर्ने ठाँउमा गर्नुपर्यो नि त ।’

उनले काममा ढिला गरेर केही फाइदा नहुने भन्दै आफूले गर्नुपर्ने काम समयमा नै सकाउन पनि सबैलाई आग्रह गरेका छन् ।

मन्त्रालयको नेतृत्व गर्ने मन्त्री र सचिवबीच २०८२, ८३ को योजना र प्राथमिकताहरुलाई कार्यान्वयनको लागि इमान्दारिताका साथ काम गर्नको लागि कार्यसम्पादन समितिको बैठक भएको पनि उनको भनाई छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार